• बैशाख २३, २०८३
  • No Comment
  • 74

कार्यन्वयनयोग्य र प्रतिफलमुखी योजना छनोट गर्न मुख्यमन्त्री कँडेलको निर्देशन

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेट तर्जुमा गर्दा प्रतिफल दिने र कार्यान्वयनयोग्य आयोजना छनोट गर्न निर्देशन दिएका छन्।

कर्णाली प्रदेश समन्वय परिषद्को एघारौं बैठकलाई सम्बोधन गर्दै उनले विकासलाई दीगो र आत्मनिर्भर बनाउन कार्यान्वयनमुखी योजना आवश्यक रहेको बताए। उनले कृषि, पर्यटन, जलस्रोत, उद्योग र सेवा क्षेत्रलाई आयआर्जनका मुख्य आधारका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।

मुख्यमन्त्री कँडेलले प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्यमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने उल्लेख गर्दै वित्तीय अनुशासन, पारदर्शिता र जवाफदेहिता सुदृढ बनाउनुपर्ने बताए।

बैठकमा नीति तथा कार्यक्रम, बजेट तर्जुमा, राजस्व व्यवस्थापन, विकास आयोजनाको समन्वय तथा स्थानीय तहका कार्यसम्पादनलगायत विषयमा छलफल गरिएको जनाइएको छ।

सम्बन्धित खबर

सुर्खेतमा कुलपूजाका लागि अछाम जाँदै गर्दा भीरबाट लडेर एक जनाको मृत्यु

सुर्खेतमा कुलपूजाका लागि अछाम जाँदै गर्दा भीरबाट लडेर एक…

सुर्खेत, असार १४ — सुर्खेतको पञ्चपुरी नगरपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पञ्चपुरी नगरपालिका–९ कुलिबाद निवासी अन्दाजी…
जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ

जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार असार…
‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुरु हुँदै

‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुरु हुँदै

कर्णाली । कर्णाली प्रदेशमा क्रिकेट खेलको विकास र नयाँ प्रतिभाको पहिचान गर्ने उद्देश्यसहित ‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरु हुँदैछ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *