• बैशाख २२, २०८३
  • No Comment
  • 42

चीनमा पटाका कारखानामा विस्फोट : २१ जनाको ज्यान गयो, ६१ घाइते

चीनको हुनान प्रान्त मा रहेको एक पटाका उत्पादन कारखानामा भएको विस्फोटमा कम्तीमा २१ जनाको ज्यान गएको छ भने ६१ जना घाइते भएका छन्।

हिजो दिउँसो चाङ्सा शहरस्थित औद्योगिक क्षेत्रमा भएको विस्फोटपछि उद्धार तथा अनुसन्धान कार्य तीव्र बनाइएको छ। घटनास्थलमा अझै धुवाँ देखिएकाले पूर्ण रूपमा सुरक्षित भइसकेको छैन।

विस्फोट नजिकै रहेका बारुद भण्डारका कारण थप जोखिम देखिएकाले आसपासका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। विस्फोटको कारण भने अहिलेसम्म खुल्न सकेको छैन।

घटनाबारे अनुसन्धान सुरु गरिएको छ भने प्रहरीले सम्बन्धित कम्पनीका जिम्मेवार व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ।

यस घटनापछि चिनियाँ राष्ट्रपति सी जिनपिङ ले घाइतेको उद्धार, बेपत्ता व्यक्तिको खोजी र घटनाको कारण पत्ता लगाउन निर्देशन दिएका छन्। साथै औद्योगिक क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाउन पनि आग्रह गरेका छन्।

सम्बन्धित खबर

सुर्खेतमा कुलपूजाका लागि अछाम जाँदै गर्दा भीरबाट लडेर एक जनाको मृत्यु

सुर्खेतमा कुलपूजाका लागि अछाम जाँदै गर्दा भीरबाट लडेर एक…

सुर्खेत, असार १४ — सुर्खेतको पञ्चपुरी नगरपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पञ्चपुरी नगरपालिका–९ कुलिबाद निवासी अन्दाजी…
जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ

जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार असार…
‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुरु हुँदै

‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुरु हुँदै

कर्णाली । कर्णाली प्रदेशमा क्रिकेट खेलको विकास र नयाँ प्रतिभाको पहिचान गर्ने उद्देश्यसहित ‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरु हुँदैछ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *