• बैशाख २२, २०८३
  • No Comment
  • 40

१० युवालाई ‘कर्णाली युथ आइकन अवार्ड’ प्रदान

कर्णाली प्रदेशका १० जना युवालाई ‘कर्णाली युथ आइकन अवार्ड’ प्रदान गरिएको छ। कर्णाली युवा महोत्सवको अवसरमा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएका युवाहरूलाई सम्मान गरिएको हो।

महोत्सवको समापन समारोहमा प्रदेश प्रमुख यज्ञराज जोशी ले अवार्ड प्रदान गरेका थिए। स्वास्थ्य क्षेत्रमा योगदानका लागि नेत्र रोग विशेषज्ञ डा. आकांक्षा राना सम्मानित भएका छन्।

त्यसैगरी पत्रकारितातर्फ चाँदनी कठायत, गीतसंगीततर्फ इब्सल सन्ज्याल र शिव संगीत, व्यवसायतर्फ मनिषजंग शाही, उद्यमीतर्फ प्रमिला बुढा, सामाजिक क्षेत्रमा हिक्मत वादी, समाजसेवातर्फ हरि कँडेल, चलचित्रतर्फ केशव थापा तथा युवा उत्प्रेरणामा आदर्शविक्रम सिंह पुरस्कृत भएका छन्।

कर्णालीलाई कर्मथलो बनाएर समाज रूपान्तरणमा योगदान पुर्‍याउने र प्रेरणादायी कार्य गर्ने युवाहरूलाई अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ।

सम्बन्धित खबर

सुर्खेतमा कुलपूजाका लागि अछाम जाँदै गर्दा भीरबाट लडेर एक जनाको मृत्यु

सुर्खेतमा कुलपूजाका लागि अछाम जाँदै गर्दा भीरबाट लडेर एक…

सुर्खेत, असार १४ — सुर्खेतको पञ्चपुरी नगरपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पञ्चपुरी नगरपालिका–९ कुलिबाद निवासी अन्दाजी…
जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ

जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार असार…
‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुरु हुँदै

‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुरु हुँदै

कर्णाली । कर्णाली प्रदेशमा क्रिकेट खेलको विकास र नयाँ प्रतिभाको पहिचान गर्ने उद्देश्यसहित ‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरु हुँदैछ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *