• बैशाख २२, २०८३
  • No Comment
  • 14

जुम्लामा सफल न्युरो सर्जरी

जुम्ला। जुम्लामा गम्भीर अवस्थाका एक बिरामीको सफल न्युरो सर्जरी गरिएको छ। पातारासी गाउँपालिका–३ का गोरबहादुर बोहरा छतबाट खसेर घाइते भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान मा भर्ना गरिएको थियो।

अस्पताल पुर्‍याउँदा उनी बेहोस अवस्थामा रहेका थिए र तत्काल भेन्टिलेटरमा राखिएको थियो। न्युरो सर्जन अभावका कारण अन्यत्र रेफर गर्ने तयारी भइरहेका बेला प्रतिकूल मौसमले हवाई उद्धार सम्भव हुन सकेन।

यसबीच डा. निलम खड्का जुम्लामै रहेको जानकारी पाएपछि स्थानीय जनप्रतिनिधि र आफन्तको अनुरोधमा उनी गुठिचौरस्थित ध्यानस्थलबाट अस्पताल पुगेर शल्यक्रिया गरेका थिए।

उनकै नेतृत्वमा चिकित्सक टोलीले करिब ६ घण्टा लगाएर बिरामीको टाउकोमा जमेको रगत निकाल्न सफल भएको हो। शल्यक्रियापछि बिरामीको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।

स्थानीयले सीमित स्रोत–साधनका बाबजुद सफल उपचार सम्भव भएको भन्दै खुशी व्यक्त गरेका छन् भने कर्णालीमा नियमित न्युरो सर्जन सेवा सञ्चालन गर्नुपर्ने माग समेत गरेका छन्।

सम्बन्धित खबर

पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन शिलान्यास

पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन…

 सुर्खेत। पञ्चपुरी नगरपालिका वडा नं. ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको नयाँ प्रशासनिक भवन निर्माण कार्यको शिलान्यास गरिएको छ। कर्णाली प्रदेश…
सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ हिनामिना आरोप, ५ जनाविरुद्ध मुद्दा

सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ…

सुर्खेत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिका तत्कालीन सदस्य सचिवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका…
सुर्खेतमा ब्राउनसुगर, नगद र सुनचाँदीसहित दुई जना पक्राउ

सुर्खेतमा ब्राउनसुगर, नगद र सुनचाँदीसहित दुई जना पक्राउ

सुर्खेत, २९ वैशाख । वीरेन्द्रनगरबाट  लागुऔषध ब्राउनसुगर, स्रोत नखुलेको नगद तथा सुनचाँदीका गहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *