• बैशाख २२, २०८३
  • No Comment
  • 13

टाउको दुख्ने यस्ता छन ९ कारण 

नेपालमा टाउको दुख्ने समस्या बढ्दो रूपमा देखिन थालेको छ। चिकित्सकहरूका अनुसार करिब ६० प्रतिशत टाउको दुखाइको मुख्य कारण मानसिक तनाव हो। तर यो समस्या केवल सामान्य कारणले मात्र नभई विभिन्न रोग र स्वास्थ्य अवस्थासँग पनि सम्बन्धित हुन सक्छ।

तनावका कारण हुने टाउको दुखाइलाई ‘टेन्सन हेड्याक’ भनिन्छ। यसमा टाउको वरिपरि कसिएको जस्तो महसुस हुने, हल्का तर लामो समयसम्म दुख्ने, निन्द्रा नलाग्ने र आलस्य हुने लक्षण देखिन्छन्। यस्ता अवस्थामा ध्यान, योग, मनोवैज्ञानिक परामर्श तथा सामाजिक अन्तरक्रियाले राहत दिन सक्छ।

त्यस्तै, माइग्रेन पनि टाउको दुख्ने प्रमुख कारणमध्ये एक हो। माइग्रेन हुँदा टाउकोको एक भागमा मात्र तीव्र दुखाइ हुने र २–३ दिनसम्म रहन सक्ने हुन्छ। कतिपय अवस्थामा आँखा वरिपरि अत्यधिक पीडा हुने र दैनिक कामकाज प्रभावित हुने देखिन्छ। खानपानमा सावधानी अपनाउँदा र चिकित्सकीय उपचारले यसलाई नियन्त्रण गर्न सकिन्छ।

चिकित्सकहरूले टाउको दुख्ने अन्य कारणहरू पनि औंल्याएका छन्। क्लस्टर हेड्याक हुँदा आँखाको एकातिर मात्र कडा दुखाइ हुन्छ भने उच्च रक्तचापका बिरामीमा टाउको भारी हुने समस्या देखिन्छ। त्यसैगरी गर्मी मौसममा पानीको कमी हुँदा पनि टाउको दुख्न सक्छ।

पिनास (साइनोसाइटिस) का कारण अनुहार वरिपरि दुखाइ र ज्वरो आउन सक्छ भने संक्रमणका कारण टाउको दुखाइसँगै वान्ता र ज्वरो देखिन सक्छ। अझ गम्भीर अवस्थामा नसा फुट्ने जोखिम, विशेषगरी ४०–५० वर्ष उमेर समूहमा, अचानक टाउको दुखाइ र बेहोस हुने लक्षण देखा पर्न सक्छ।

मस्तिष्क ट्युमर जस्तो गम्भीर कारणले पनि टाउको दुखाइ हुन सक्छ, जसमा कहिले दुख्ने र कहिले नदुख्ने, वान्ता हुने तथा अन्य न्युरोलोजिकल लक्षण देखिन सक्छन्।

विशेषज्ञहरूका अनुसार टाउको दुखाइलाई सामान्य ठानेर बेवास्ता गर्नु जोखिमपूर्ण हुन सक्छ। लगातार दुखाइ वा अन्य लक्षण देखिएमा चिकित्सकको सल्लाह लिनु र आवश्यक परे एमआरआई जस्ता परीक्षण गर्नु उपयुक्त हुन्छ।

टाउको दुखाइबाट बच्न तनाव व्यवस्थापन, नियमित व्यायाम, पर्याप्त पानी सेवन र स्वस्थ जीवनशैली अपनाउनु आवश्यक रहेको चिकित्सकहरूको सुझाव छ।

(इन्टरभेन्सनल न्युरो सर्जन डा. प्रसन्ना कार्की ललितपुरको नख्खुमा रहेको नेपाल मेडिसिटी अस्पतालमा कार्यरत छिन्।)

सम्बन्धित खबर

यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ यस्तो

यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ…

काठमाडौँ — चिकित्सकहरूले केही दीर्घरोग भएका व्यक्तिलाई मासु सेवनमा विशेष सावधानी अपनाउन सुझाव दिएका छन्। अत्यधिक मासु, चिल्लो, नुन, गुलियो पदार्थ,…
भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन सुकुम्बासीमाथि भइरहेको ज्यादती बन्द गर्न सरकारसँग आग्रह…
यसरी पत्ता लगाउन सकिन्छ महको शुद्धता

यसरी पत्ता लगाउन सकिन्छ महको शुद्धता

मह स्वादका लागि मात्र होइन, स्वास्थ्यका लागि पनि निकै लाभदायी मानिन्छ। त्यसैले धेरै मानिस दैनिक खानपानदेखि घरेलु उपचारसम्म महको प्रयोग गर्छन्।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *