• बैशाख २१, २०८३
  • No Comment
  • 69

जाजरकोटमा ब्राउन सुगरसहित चार युवक पक्राउ

जाजरकोट । मा लागू औषध ब्राउन सुगरसहित चार जना युवालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उनीहरूलाई शिवालय गाउँपालिका–१ स्थित छेडाचौर बजारबाट नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार बाँकेको नेपालगन्जबाट जाजरकोटतर्फ आउँदै गरेको अवस्थामा शंकास्पद अवस्थामा जाँच गर्दा उनीहरू पक्राउ परेका हुन्। पक्राउ पर्नेहरूमा नलगाड नगरपालिका–७ का २० वर्षिय सौगात सुनार  , २३ वर्षिय नरेन्द्र सुनार , २६ वर्षिय भुपेन्द्र सुनार र नलगाड–२ का १८ वर्षिय नेत्रबहादुर सुनार ‘कवि’  रहेकाे प्रहरीले जनाएकाे छ।

खानतलासीका क्रममा सौगात सुनारले बोकेको झोलाभित्र रहेको नेत्रबहादुरको पाइन्टको गोजीमा ३ पुरिया तथा सोही गोजीमा सौगातकै मोजाभित्र १ पुरिया ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ। त्यस्तै, नरेन्द्र सुनारको जुत्ताको सोलमुनि लुकाइएको अवस्थामा थप ३ पुरिया ब्राउन सुगर बरामद गरिएको छ।

प्रहरीले उनीहरूको साथबाट प्लास्टिकसहित ३ ग्राम १९० मिलिग्राम ब्राउन सुगर (७ पुरिया), २१ हजार ९० रुपैयाँ नगद, ४ थान मोबाइल तथा अन्य सामग्री बरामद गरेको जनाएको छ।

पक्राउ परेका चारै जनाविरुद्ध जाजरकोट जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सुधिर खड्काले जानकारी दिएका छन्।

सम्बन्धित खबर

सुर्खेतमा कुलपूजाका लागि अछाम जाँदै गर्दा भीरबाट लडेर एक जनाको मृत्यु

सुर्खेतमा कुलपूजाका लागि अछाम जाँदै गर्दा भीरबाट लडेर एक…

सुर्खेत, असार १४ — सुर्खेतको पञ्चपुरी नगरपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पञ्चपुरी नगरपालिका–९ कुलिबाद निवासी अन्दाजी…
जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ

जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार असार…
‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुरु हुँदै

‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुरु हुँदै

कर्णाली । कर्णाली प्रदेशमा क्रिकेट खेलको विकास र नयाँ प्रतिभाको पहिचान गर्ने उद्देश्यसहित ‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरु हुँदैछ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *