• बैशाख ८, २०८३
  • No Comment
  • 27

काँग्रेसको कर्णाली प्रदेशस्तरीय चुनावी समीक्षा कार्यक्रम स्थगित

काठमाडौँनेपाली काँग्रेसले कर्णाली प्रदेशस्तरीय चुनावी समीक्षा कार्यक्रम हालका लागि स्थगित गरेको छ।

पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले मातहत निकायलाई परिपत्र पठाउँदै पूर्वनिर्धारित कार्यक्रम विशेष कारण देखाउँदै स्थगन गरिएको जानकारी गराएका हुन्।

परिपत्रअनुसार सातवटै प्रदेशमा निर्वाचन समीक्षा तथा १५औँ महाधिवेशनसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने योजनाअन्तर्गत सुर्खेतमा वैशाख ११ गतेका लागि तय गरिएको कर्णाली प्रदेशस्तरीय कार्यक्रम अर्को सूचना नभएसम्मका लागि रोकिएको उल्लेख छ।

यसअघि पनि सुदूरपश्चिम प्रदेशको वैशाख ६ गतेका लागि तय गरिएको कार्यक्रम स्थगित गरिएको थियो। पार्टीले हालसम्म मधेश प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशबागमती प्रदेशमा समीक्षा कार्यक्रम सम्पन्न गरिसकेको छ भने कोशी प्रदेशमा कार्यक्रम बुधबारका लागि तय गरिएको छ।

स्थगित भएका दुई प्रदेशमध्ये कर्णाली र सुदूरपश्चिम दुवैमा नेतृत्व पूर्वसभापति शेरबहादुर देउवानिकट मानिने नेताहरूको जिम्मेवारीमा रहेको छ। कर्णालीमा ललितजंग शाही र सुदूरपश्चिममा वीरबहादुर बलायर सभापति रहेका छन्।

पार्टीभित्र देखिएको आन्तरिक मतभेद र प्रदेश नेतृत्वबाट अपेक्षित समन्वय नहुँदा कार्यक्रम प्रभावित भएको विश्लेषण गरिएको छ।

यसैबीच, चुनावी समीक्षा कार्यक्रमहरूमा पार्टी सभापति गगन थापालगायत शीर्ष नेतृत्वले सम्बोधन गर्दै आएका छन्।

सम्बन्धित खबर

सुर्खेतमा कुलपूजाका लागि अछाम जाँदै गर्दा भीरबाट लडेर एक जनाको मृत्यु

सुर्खेतमा कुलपूजाका लागि अछाम जाँदै गर्दा भीरबाट लडेर एक…

सुर्खेत, असार १४ — सुर्खेतको पञ्चपुरी नगरपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पञ्चपुरी नगरपालिका–९ कुलिबाद निवासी अन्दाजी…
जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ

जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार असार…
‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुरु हुँदै

‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुरु हुँदै

कर्णाली । कर्णाली प्रदेशमा क्रिकेट खेलको विकास र नयाँ प्रतिभाको पहिचान गर्ने उद्देश्यसहित ‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरु हुँदैछ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *