• बैशाख ७, २०८३
  • No Comment
  • 5

मन्त्री गुरुङलाई बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग

काठमाडौँ, ०७ वैशाख — गृहमन्त्री सुधन गुरुङमाथि उठेका गम्भीर आरोपहरूको विषयमा तत्काल कारबाहीको माग गर्दै जेनजी मुभमेन्ट नेपालले सरकारको ध्यानाकर्षण गराएको छ। संगठनले आइतबार जारी गरेको प्रेस वक्तव्यमार्फत मन्त्री गुरुङलाई पदबाट बर्खास्त गरी पक्राउ गर्न तथा निष्पक्ष अनुसन्धान अघि बढाउन माग गरेको हो।

वक्तव्यमा मन्त्री पदमै बसेर छानबिन गर्नु सम्भव नहुने उल्लेख गर्दै यसले स्वार्थको स्पष्ट द्वन्द्व सिर्जना गर्ने बताइएको छ। पदमा रहँदा आफ्नैविरुद्ध निष्पक्ष अनुसन्धान हुन नसक्ने भन्दै संगठनले यसलाई आधारभूत नैतिकता र कानुनी सिद्धान्तविपरीत ठहर गरेको छ।

त्यसैगरी, वक्तव्यमा बालेन शाह नेतृत्वको सरकारप्रति लक्षित गर्दै क्याबिनेट गठनलाई गम्भीर राजनीतिक र नैतिक निर्णयका रूपमा लिनुपर्ने उल्लेख गरिएको छ। हचुवाको भरमा मन्त्री नियुक्त गर्ने र पछि हटाउने प्रवृत्तिलाई अस्वीकार्य भन्दै जिम्मेवार नेतृत्वले परिपक्वता, दूरदर्शिता र जवाफदेहिता प्रदर्शन गर्नुपर्नेमा जोड दिइएको छ।

संगठनले वर्तमान सरकार ७६ जना शहीदहरूको बलिदानबाट प्राप्त जनादेशको प्रतिनिधि भएको उल्लेख गर्दै जनताको त्यागमाथि सस्तो राजनीति नगर्न चेतावनी दिएको छ। सुशासन, पारदर्शिता र जवाफदेहितामा कुनै सम्झौता स्वीकार्य नहुने पनि वक्तव्यमा जनाइएको छ।

जेनजी मुभमेन्टले न्याय प्रक्रिया स्वतन्त्र, निष्पक्ष र दबाबमुक्त हुनुपर्नेमा जोड दिँदै दोषी जो–कोही भए पनि कानुनको कठघरामा उभिनुपर्ने बताएको छ। पद, शक्ति वा राजनीतिक संरक्षणका आधारमा कसैलाई पनि उन्मुक्ति दिन नहुने चेतावनीसमेत दिएको छ।

उक्त वक्तव्य जेनजी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहद्वारा जारी गरिएको हो।

सम्बन्धित खबर

संघीय निर्णयविपरीत जुम्लाको कनकासुन्दरी गाउँपालिकाको कदम: आइतबार पनि खुल्ने विद्यालय

संघीय निर्णयविपरीत जुम्लाको कनकासुन्दरी गाउँपालिकाको कदम: आइतबार पनि खुल्ने…

 जुम्ला — जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारको निर्णयविपरीत आइतबार बिदा नदिने तथा वैशाख ७ गतेदेखि नै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको…
अमेरिकाको लुइसियानामा गोलीकाण्ड: ८ बालबालिकाको मृत्यु

अमेरिकाको लुइसियानामा गोलीकाण्ड: ८ बालबालिकाको मृत्यु

काठमाडौं — अमेरिकाको लुइसियाना राज्यस्थित श्रेभपोर्ट शहरमा भएको गोलीकाण्डमा १ देखि १४ वर्ष उमेर समूहका ८ जना बालबालिकाको मृत्यु भएको प्रहरीले…
नियमित प्याज सेवन: स्वास्थ्यका लागि कति फाइदाजनक?

नियमित प्याज सेवन: स्वास्थ्यका लागि कति फाइदाजनक?

काठमाडौँ — हाम्रो भान्सामा दैनिक प्रयोग हुने प्याज केवल स्वादका लागि मात्र होइन, स्वास्थ्यका लागि पनि निकै उपयोगी खाद्यपदार्थ हो। विभिन्न…

Leave a Reply

Your email address will not be published. Required fields are marked *