• बैशाख ६, २०८३
  • No Comment
  • 4

जाजरकोटमा ७ किलोभन्दा बढी अफिमसहित दुई जना पक्राउ

जाजरकोट । जाजरकोट प्रहरीले लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ। छेडागाड नगरपालिका–५ थलबजारस्थित एक होटलबाट ७ किलो ३० ग्राम अफिम बरामद गरिएको हो।

विशेष सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, लागुऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालय जाजरकोटको संयुक्त टोलीले आइतबार थलबजारस्थित पृथ्वीबहादुर बुढाको ‘महेन्द्र साल्मी होटल’मा छापा मारेको थियो। होटलको दोस्रो तलाको कोठामा लुकाइछिपाइ राखिएको अवस्थामा उक्त लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा बाँकेको राप्ती सोनारी गाउँपालिका–१ बैरियाबजारका ३८ वर्षीय दिपक कुमाल र जाजरकोटको कुशे गाउँपालिका–५ दमदला निवासी २४ वर्षीय जयबहादुर वर रहेका छन्।

खानतलासीका क्रममा कालो झोलाभित्र ८ वटा प्लास्टिकका पोकामा राखिएको अफिमसहित दुई थान मोबाइल, एक थान नेपाली नागरिकता र ७९५ रुपैयाँ नगद समेत बरामद गरिएको प्रहरीले जनाएकाे छ।

पक्राउ परेका दुवै जनालाई सोमबार जिल्ला अदालत जाजरकोटबाट ७ दिनको म्याद थप गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरू र लागुऔषधको स्रोतबारे थप अनुसन्धान भइरहेको  जनाएकाे छ।

सम्बन्धित खबर

अब आन्तरिक एकतालाई बलियो बनाएर जानुपर्ने देउवा पक्षको जोड

अब आन्तरिक एकतालाई बलियो बनाएर जानुपर्ने देउवा पक्षको जोड

काठमाडौं । नेपाली कांग्रेस का निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरूले पार्टीभित्र आन्तरिक एकता सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। आइतबार काठमाडौंमा…
चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता अभिवृद्धि तालिम आजदेखी सुरु

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता…

सुर्खेत। चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने प्रारम्भिक सिकाइ तथा विकास मापदण्डमा आधारित क्षमता अभिवृद्धि तालिम आजदेखि सुरु भएको…
सुकुमबासी व्यवस्थापन र बढ्दो महँगीलाई लिएर नेकपाद्वारा सरकारको कडा आलोचना

सुकुमबासी व्यवस्थापन र बढ्दो महँगीलाई लिएर नेकपाद्वारा सरकारको कडा…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले उचित विकल्पविना सुकुमबासी बस्तीमाथि डोजर चलाएर सरकारले अमानवीय कार्य गरेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *