• बैशाख ६, २०८३
  • No Comment
  • 6

कालो कफी पिउँदा शरीरलाई हुन्छ यस्तो अचम्मको फाइदा

काठमाडौं । संसारभर धेरै मानिसहरूले आफ्नो दिनको सुरुवात कफीबाट गर्ने गरेका छन्। विशेषगरी स्वास्थ्यप्रति सचेत व्यक्तिहरूले दूध र चिनीबिनाको कालो कफी रोज्ने प्रवृत्ति बढ्दो छ।

अनुसन्धानअनुसार कालो कफीमा पाइने क्याफिनले शरीरमा डोपामाइन, सेरोटोनिन र नोराड्रेनालिन जस्ता ‘ह्याप्पी हर्मोन’को मात्रा बढाउने गर्दछ। साथै, यसमा एन्टिअक्सिडेन्ट, म्याङ्गनीज, क्लोरोजेनिक एसिड, पोलिफेनोल, क्याल्सियम, पोटासियम, म्याग्नेसियम र भिटामिन बी समूहका तत्वहरू पाइन्छन्, जुन स्वास्थ्यका लागि लाभदायक मानिन्छ।

विज्ञहरूका अनुसार कालो कफीको नियमित सेवनले तनाव कम गर्न मद्दत गर्दछ। यसले शरीरमा ऊर्जा बढाउनुका साथै थकान र आलस्य हटाउने काम गर्छ।

त्यसैगरी, दैनिक एक वा दुई कप कफी पिउँदा मुटु स्वास्थ्यमा सकारात्मक प्रभाव पर्न सक्छ। कफीले हृदयघातको जोखिम कम गर्न सहयोग गर्ने बताइएको छ।

तौल नियन्त्रणमा समेत कालो कफी उपयोगी मानिन्छ। कम क्यालोरी भएको कफीले बोसो घटाउन मद्दत गर्नुका साथै व्यायामअघि सेवन गर्दा ऊर्जा बढाउने गर्दछ।

कलेजोसम्बन्धी समस्यामा पनि यसको भूमिका देखिएको छ। कफीले फ्याटी लिभर, हेपाटाइटिस र सिरोसिसजस्ता रोगको जोखिम कम गर्न मद्दत गर्ने विभिन्न अध्ययनले देखाएका छन्।

यसका साथै, कालो कफीले शरीरमा इन्सुलिनको मात्रा बढाउन सहयोग गर्ने भएकाले मधुमेह नियन्त्रणमा समेत फाइदाजनक हुन सक्ने बताइन्छ।

यद्यपि, स्वास्थ्य विज्ञहरूले अत्यधिक मात्रामा कफी सेवन नगर्न र व्यक्तिगत स्वास्थ्य अवस्था अनुसार मात्र सेवन गर्न सुझाव दिएका छन्।

सम्बन्धित खबर

जाजरकोटमा ७ किलोभन्दा बढी अफिमसहित दुई जना पक्राउ

जाजरकोटमा ७ किलोभन्दा बढी अफिमसहित दुई जना पक्राउ

जाजरकोट । जाजरकोट प्रहरीले लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ। छेडागाड नगरपालिका–५ थलबजारस्थित एक होटलबाट ७ किलो ३० ग्राम अफिम…
अब आन्तरिक एकतालाई बलियो बनाएर जानुपर्ने देउवा पक्षको जोड

अब आन्तरिक एकतालाई बलियो बनाएर जानुपर्ने देउवा पक्षको जोड

काठमाडौं । नेपाली कांग्रेस का निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरूले पार्टीभित्र आन्तरिक एकता सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। आइतबार काठमाडौंमा…
चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता अभिवृद्धि तालिम आजदेखी सुरु

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता…

सुर्खेत। चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने प्रारम्भिक सिकाइ तथा विकास मापदण्डमा आधारित क्षमता अभिवृद्धि तालिम आजदेखि सुरु भएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *