• बैशाख ६, २०८३
  • No Comment
  • 3

अब आन्तरिक एकतालाई बलियो बनाएर जानुपर्ने देउवा पक्षको जोड

काठमाडौं । नेपाली कांग्रेस का निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरूले पार्टीभित्र आन्तरिक एकता सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।

आइतबार काठमाडौंमा बसेको १४औँ महाधिवेशनबाट निर्वाचित सदस्यहरूको छलफलमा सर्वोच्च अदालतले पार्टी विवादसम्बन्धी फैसला गरिसकेको अवस्थामा अब एकतामा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरिएको हो।

नेता कुन्दनराज काफ्ले ले वर्तमान परिस्थितिमा सानेपाबाटै सबै पक्षलाई मिलाएर नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए। उनका अनुसार विशेष महाधिवेशनमा सहभागी नभएका निवर्तमान सदस्यहरूबीच पनि निरन्तर छलफल गर्दै पार्टीलाई अघि बढाउने विषयमा निर्णय लिने तयारी भइरहेको छ।

बैठकमा पार्टीको अघिल्लो अवस्थाको समीक्षा, निर्वाचनमा पराजयका कारण तथा आगामी रणनीतिबारे समेत छलफल भएको जनाइएको छ।

सम्बन्धित खबर

जाजरकोटमा ७ किलोभन्दा बढी अफिमसहित दुई जना पक्राउ

जाजरकोटमा ७ किलोभन्दा बढी अफिमसहित दुई जना पक्राउ

जाजरकोट । जाजरकोट प्रहरीले लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ। छेडागाड नगरपालिका–५ थलबजारस्थित एक होटलबाट ७ किलो ३० ग्राम अफिम…
चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता अभिवृद्धि तालिम आजदेखी सुरु

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता…

सुर्खेत। चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने प्रारम्भिक सिकाइ तथा विकास मापदण्डमा आधारित क्षमता अभिवृद्धि तालिम आजदेखि सुरु भएको…
सुकुमबासी व्यवस्थापन र बढ्दो महँगीलाई लिएर नेकपाद्वारा सरकारको कडा आलोचना

सुकुमबासी व्यवस्थापन र बढ्दो महँगीलाई लिएर नेकपाद्वारा सरकारको कडा…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले उचित विकल्पविना सुकुमबासी बस्तीमाथि डोजर चलाएर सरकारले अमानवीय कार्य गरेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *