• चैत्र ३०, २०८२
  • No Comment
  • 45

ट्रकको ठक्करबाट ट्राफिक प्रहरी निरीक्षक गम्भीर घाइते

काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक अभय लामा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका छन्।

आइतबार साँझ ड्युटि सकेर फुटुङ्गातर्फ जाँदै गर्दा उनी सवार मोटरसाइकललाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिएको हो। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदी का अनुसार दुर्घटना बा.प्रा. ०२–०२९ प ९४१५ नम्बरको मोटरसाइकल र बा.प्रा. ०३–००१ ख १७१५ नम्बरको ट्रकबीच भएको हो।

दुर्घटनापछि घाइते लामालाई तत्काल टिचिङ अस्पताल लगिएको र थप उपचारका लागि बी एण्ड बी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनामा उनको टाउको, छाती, अनुहार तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको अस्पतालले जनाएको छ। ट्रक र चालक मकवानपुर मनहरी गाउँपालिका–५ का ३८ वर्षीय आइतराम मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

२०७२ सालमा प्रहरी सेवामा प्रवेश गरेका लामा खुला प्रतिस्पर्धाबाट प्रहरी सहायक निरीक्षक हुँदै हाल प्रहरी निरीक्षक पदमा कार्यरत छन्। उनी हाल काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको मानव स्रोत व्यवस्थापन शाखा, रामशाहपथमा कार्यरत रहेका छन्।

सम्बन्धित खबर

पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन शिलान्यास

पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन…

 सुर्खेत। पञ्चपुरी नगरपालिका वडा नं. ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको नयाँ प्रशासनिक भवन निर्माण कार्यको शिलान्यास गरिएको छ। कर्णाली प्रदेश…
सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ हिनामिना आरोप, ५ जनाविरुद्ध मुद्दा

सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ…

सुर्खेत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिका तत्कालीन सदस्य सचिवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका…
सुर्खेतमा ब्राउनसुगर, नगद र सुनचाँदीसहित दुई जना पक्राउ

सुर्खेतमा ब्राउनसुगर, नगद र सुनचाँदीसहित दुई जना पक्राउ

सुर्खेत, २९ वैशाख । वीरेन्द्रनगरबाट  लागुऔषध ब्राउनसुगर, स्रोत नखुलेको नगद तथा सुनचाँदीका गहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *