• चैत्र २४, २०८२
  • No Comment
  • 29

कर्णाली सरकारद्वारा छ दिन थप सार्वजनिक बिदा दिने निर्णय

सुर्खेत — कर्णाली प्रदेश सरकारले आगामी वर्ष २०८३ का लागि थप ६ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

वीरेन्द्रनगरस्थित मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी प्रदेश सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले दिएका छन्।

निर्णयअनुसार साउन १ गते साउने सङ्क्रान्ति तथा देउडा पर्व, भदौ ४ गते प्रदेश स्थापना तथा सहिद दिवस र कात्तिक ८ गते कोजाग्रत पूर्णिमामा प्रदेशभर सार्वजनिक बिदा हुनेछ।

त्यस्तै, चैत १२ गते धान दिवस र असोज २२ गते चन्दननाथ मन्दिरको लिङ्गो बोक्ने मेलाका अवसरमा जुम्ला जिल्लामा मात्र बिदा दिइनेछ। साथै, असार १५ को राष्ट्रिय धान दिवसमा जुम्लाबाहेक अन्य नौ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ।

बैठकले प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०७४ को अनुसूची २ मा संशोधन गरी राजपत्रमा प्रकाशन गर्ने निर्णय पनि गरेको छ।

सम्बन्धित खबर

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सिलको निर्देशन

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सिलको निर्देशन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिल ले सामाजिक सञ्जालमार्फत परीक्षणबिनै औषधि सिफारिस नगर्न चिकित्सकलाई निर्देशन दिएको छ। काउन्सिलका अनुसार TikTok, Instagram तथा…
कैलालीमा मरेको ब्रोइलर कुखुराको मासु खाँदा बिरामी परेका दुई बालकको मृत्यु

कैलालीमा मरेको ब्रोइलर कुखुराको मासु खाँदा बिरामी परेका दुई…

 धनगढी, ५ वैशाख । कैलालीमा मरेको ब्रोइलर कुखुराको मासु खाँदा बिरामी परेका दुई बालकको मृत्यु भएको छ। चुरे गाउँपालिका–३ का ५…
चौकुने गाउँपालिका वडा नं. १ मा टावर निर्माणका लागि BTS सर्भे शुरु , सञ्चार सेवा विस्तार हुने संकेत

चौकुने गाउँपालिका वडा नं. १ मा टावर निर्माणका लागि…

सुर्खेत। चौकुने गाउँपालिका वडा नं. १ मा लामो समयदेखि टेलिफोन तथा सञ्चार सेवाको पहुँचबाट टाढा रहेका बस्तीहरूमा अब सञ्चार सेवा विस्तार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *