• चैत्र २२, २०८२
  • No Comment
  • 25

चौकुने गाउँपालिकामा बिमा सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिका गाउँ कार्यपालिका कार्यालय, गुटु सुर्खेतका प्रमुख प्रशासकीय अधिकृत पुर्ण बहादुर विकको अध्यक्षतामा बिमा सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। चौकुने गाउँपालिकाको आयोजना तथा नेपाल बिमा प्राधिकरण कर्णाली प्रदेश कार्यालय, सुर्खेत र स्वास्थ्य बिमा बोर्ड सुर्खेतको सहजीकरण तथा प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, बिमा अभिकर्ता तथा स्थानीय कार्यालय प्रमुखहरूको सहभागिता रहेको थियो। कार्यक्रममा जीवन बिमा, निर्जीवन बिमा र स्वास्थ्य बिमा सम्बन्धी विस्तृत जानकारी प्रदान गरिएको थियो। नेपाल बिमा प्राधिकरणका प्रादेशिक कार्यालय प्रमुख नील प्रसाद लामिछानेले बिमाको नीतिगत व्यवस्था, परिचय, आवश्यकता, महत्व, प्रकार, जोखिम व्यवस्थापन तथा लगानी प्रतिफलका विषयमा स्पष्ट पार्नुभयो।

साथै बिमा गर्दा ध्यान दिनुपर्ने कुराहरू, प्रक्रिया, भुक्तानी विधि र स्थानीय तहको भूमिकाबारे पनि जानकारी दिनुभयो। त्यस्तै स्वास्थ्य बिमा बोर्ड सम्पर्क कार्यालय सुर्खेतका प्रतिनिधिले स्वास्थ्य बिमाको कानुनी पक्ष, परिमार्जित व्यवस्था, नाम दर्ता प्रक्रिया, सेवा उपयोग गर्ने तरिका तथा चौकुने गाउँपालिकाको वर्तमान अवस्था, कमजोरी र सुधारका उपायहरूबारे प्रकाश पार्दै उहाँले स्वास्थ्य बिमा कार्यक्रमलाई अझ प्रभावकारी रूपमा विस्तार गर्न आवश्यक रहेको बताउनुभयो।

चौकुने गाउँपालिकामा स्वास्थ्य बिमा कार्यक्रम सन्तोषजनक नरहेको निष्कर्ष निकाल्दै बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन विभिन्न निर्णयहरू गरिएका छन्। जसअनुसार बिमाकर्ताहरूका लागि परिचयपत्र, झोला लगायतका सामग्री उपलब्ध गराउने, त्रैमासिक समीक्षा गर्ने तथा बिमा सहजकर्ताहरूलाई यातायात र खाजा खर्च उपलब्ध गराई उनीहरूलाई सक्रियतापूर्वक परिचालन गर्ने निर्णय गरिएको छ।

सम्बन्धित खबर

करोडौँ ठगीका आरोपित पवन विक सुर्खेतबाट पक्राउ

करोडौँ ठगीका आरोपित पवन विक सुर्खेतबाट पक्राउ

सुर्खेत — अन्तर्वार्ता तथा लिखित परीक्षा उत्तीर्ण गराइदिने प्रलोभन देखाएर विभिन्न व्यक्तिबाट करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा फरार रहेका पवन विक…
सुर्खेतमा लागुऔषध ब्राउन सुगरसहित चौधरी पक्राउ

सुर्खेतमा लागुऔषध ब्राउन सुगरसहित चौधरी पक्राउ

सुर्खेत, २४ चैत । सुर्खेतको वीरेन्द्रनगरबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक जनालाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले…
सुर्खेतकाे बबई नाकामा कुकुरसहित प्रहरीको विशेष चेकिङ

सुर्खेतकाे बबई नाकामा कुकुरसहित प्रहरीको विशेष चेकिङ

 सुर्खेत — लागुऔषध, अवैध हातहतियार तथा विस्फोटक पदार्थको ओसारपसार नियन्त्रण गर्न सुर्खेतको भेरीगंगा नगरपालिका–५ स्थित बबई चेकप्वाइन्टमा प्रहरीले विशेष चेकिङ अभियान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *