• चैत्र २०, २०८२
  • No Comment
  • 3

चिसो कि तातो पानी? अवस्था अनुसार फरक–फरक फाइदा

पानी मानव जीवनको आधारभूत आवश्यकता हो। शरीरलाई सधैं हाइड्रेट राख्न आवश्यक भए पनि चिसो वा तातो पानी कुन अवस्थामा पिउने भन्ने कुरा स्वास्थ्यसँग जोडिएको विषय हो। विशेषज्ञ तथा परम्परागत उपचार पद्धतिले अवस्था अनुसार पानीको तापक्रम फरक–फरक हुनुपर्ने सुझाव दिएका छन्।

व्यायाम र गर्मीमा चिसो पानी उपयोगी
व्यायाम गर्दा शरीरको तापक्रम बढ्ने भएकाले चिसो पानीले शरीरलाई छिटो चिस्याउन मद्दत गर्छ। पसिनासँगै गुमेको तरल पदार्थ पूर्ति गर्न पनि चिसो पानी लाभदायक मानिन्छ। गर्मी मौसममा पनि चिसो पानीले ताजगी दिन्छ।

ज्वरो हुँदा चिसो पानीले राहत
ज्वरोका बेला शरीरको तापक्रम उच्च हुने भएकाले चिसो पानी पिउँदा केही हदसम्म तापक्रम कम गर्न र आराम महसुस गर्न सहयोग पुग्छ।

तौल घटाउन चिसो पानी
केही अध्ययनअनुसार चिसो पानीले मेटाबोलिज्म सक्रिय बनाउँछ, जसले क्यालोरी खर्च बढाउन सहयोग गर्न सक्छ। त्यसैले तौल घटाउन चाहनेका लागि चिसो पानी उपयोगी मानिन्छ।

पाचनका लागि तातो पानी प्रभावकारी
बिहान खाली पेटमा तातो पानी पिउँदा पाचन प्रणाली सक्रिय हुन्छ। खाना पचाउन शरीरलाई सहज बनाउने भएकाले पाचन समस्या भएका व्यक्तिले तातो पानी रोज्नु राम्रो मानिन्छ।

कब्जियत र डिटक्समा तातो पानी
कब्जियत हुँदा तातो पानीले आन्द्रालाई सक्रिय बनाउँदै मल त्याग सहज बनाउँछ। मनतातो पानीमा कागती मिसाएर पिउँदा शरीरका विकार बाहिर निकाल्न सहयोग पुग्ने विश्वास छ।

पीडा र रुघाखोकीमा तातो पानी
टाउको दुख्ने, वान्ता आउने वा रुघाखोकी लाग्दा तातो पानी लाभदायक हुन्छ। यसले रक्तसञ्चार सुधार गर्ने र मांसपेशीलाई आराम दिने काम गर्छ। विशेषगरी महिनावारीको बेला हुने पेट दुखाइमा पनि तातो पानी उपयोगी हुन्छ।

आयुर्वेदको सुझाव
आयुर्वेद अनुसार तातो पानीले शरीरको आन्तरिक अंगलाई सुरक्षित राख्ने र रक्त प्रवाह सुधार गर्ने विश्वास गरिएको छ। त्यसैले चिसोभन्दा तातो पानीलाई बढी महत्व दिइएको पाइन्छ।

सामान्य अवस्थामा के गर्ने?
विशेष अवस्था बाहेक दैनिक जीवनमा कोठाको तापक्रम अनुसार पानी पिउनु उपयुक्त हुन्छ। गर्मीमा चिसो र जाडोमा तातो पानी रोज्नु स्वास्थ्यका लागि सन्तुलित विकल्प हो।

 
चिसो र तातो दुवै पानीका आफ्नै फाइदा छन्। मुख्य कुरा भनेको शरीरलाई पर्याप्त मात्रामा पानी उपलब्ध गराउनु हो। अवस्था, मौसम र स्वास्थ्य अनुसार पानीको तापक्रम छनोट गर्नु नै उत्तम उपाय हो।

(हेल्थ एन्ड नेचुरलवल्ड डट कमबाट)

सम्बन्धित खबर

बराहतालमा पोषण तथा खाद्य सुरक्षा सम्बन्धी अभिमुखीकरण सम्पन्न

बराहतालमा पोषण तथा खाद्य सुरक्षा सम्बन्धी अभिमुखीकरण सम्पन्न

सुर्खेत । बराहताल गाउँपालिका–बड्डीचौरमा पालिकास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको आयोजनामा स्वास्थ्य…
रास्वपा कर्णाली प्रदेश सहमहामन्त्रीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

रास्वपा कर्णाली प्रदेश सहमहामन्त्रीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले सामुदायिक वन उपभोक्ता समितिको रकम हिनामिना गरेको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कर्णाली…
“स्वस्थ शरीर र सभ्य समाज”भन्ने मुल नारासहित चौकुने ६ झकमकेमा खेलकुद तथा सांस्कृतिक महोत्सव हुने

“स्वस्थ शरीर र सभ्य समाज”भन्ने मुल नारासहित चौकुने ६…

सुर्खेत। ​ “स्वस्थ शरीर र सभ्य समाज” भन्ने मूल नाराका साथ नयाँ वर्ष २०८३ सालको शुभअवसरमा दोभान असल शासन युवा क्लबले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *