• चैत्र २०, २०८२
  • No Comment
  • 3

“स्वस्थ शरीर र सभ्य समाज”भन्ने मुल नारासहित चौकुने ६ झकमकेमा खेलकुद तथा सांस्कृतिक महोत्सव हुने

सुर्खेत। ​ “स्वस्थ शरीर र सभ्य समाज” भन्ने मूल नाराका साथ नयाँ वर्ष २०८३ सालको शुभअवसरमा दोभान असल शासन युवा क्लबले “दोभान खेलकुद तथा सांस्कृतिक महोत्सव २०८३” आयोजना गर्ने भएको छ। कार्यक्रम २०८३ साल वैशाख १ गते चौकुने गाउँपालिका–६, झकमकेमा सञ्चालन हुने भएको छ। महोत्सवको मुख्य आकर्षणका रूपमा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता रहने आयोजकले जनाएको छ। स्थानीय युवाहरूको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको उक्त प्रतियोगिताले खेलकुदमार्फत स्वास्थ्य, अनुशासन र सहकार्यको भावना विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

यससँगै गाउँघरमा लुकेका प्रतिभाहरूलाई उजागर गर्ने उद्देश्यले हुड्केनाच पञ्चेबाजा, देउडा, मारुनी नाच, गीत तथा गजल जस्ता मौलिक सांस्कृतिक प्रस्तुतिहरू पनि समावेश गरिनेछन्। त्यसैगरी, “हाम्रो चौकुने, प्यारो चौकुने” शीर्षकमा निबन्ध लेखन तथा लागुऔषध विरुद्ध जनचेतनामूलक नाटक समेत कार्यक्रममा आकर्षणका रूपमा रहनेछन्। क्लबका अध्यक्ष लक्ष्मण विष्टका अनुसार महोत्सवले युवाहरूलाई सकारात्मक गतिविधिमा संलग्न गराउँदै सामाजिक सद्भाव र एकतालाई थप मजबुत बनाउने अपेक्षा गरिएको बताएका छन् ।

कार्यक्रमको आयोजना दोभान असल शासन युवा क्लबले गरेको हो भने सह–आयोजनामा वडा नं. ६ को वडा कार्यालय रहेको छ। आर्थिक सहयोग चौकुने गाउँपालिकाले गरेको जनाइएको छ। सम्पर्कका लागि अध्यक्ष लक्ष्मण विष्ट (९८६४७९२१५१), उपाध्यक्ष भरत कुमार बयक (९७६२४३९३५५), सचिव अर्जुन थापा (९७६५८००८८१), कोषाध्यक्ष पार्वती ढकाल (९८६६१६९४९०) लगायत सदस्यहरूसँग सम्पर्क गर्न सकिने क्लबले जनाएको छ।

सम्बन्धित खबर

बराहतालमा पोषण तथा खाद्य सुरक्षा सम्बन्धी अभिमुखीकरण सम्पन्न

बराहतालमा पोषण तथा खाद्य सुरक्षा सम्बन्धी अभिमुखीकरण सम्पन्न

सुर्खेत । बराहताल गाउँपालिका–बड्डीचौरमा पालिकास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको आयोजनामा स्वास्थ्य…
रास्वपा कर्णाली प्रदेश सहमहामन्त्रीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

रास्वपा कर्णाली प्रदेश सहमहामन्त्रीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले सामुदायिक वन उपभोक्ता समितिको रकम हिनामिना गरेको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कर्णाली…
सहमतिपछि सुर्खेत बसपार्कबाट सार्वजनिक सवारी पुनः सञ्चालन

सहमतिपछि सुर्खेत बसपार्कबाट सार्वजनिक सवारी पुनः सञ्चालन

सुर्खेत । सुर्खेत बसपार्कबाट अवरुद्ध भएको सार्वजनिक यातायात सेवा पुनः सञ्चालनमा आएको छ। यातायात व्यवसायी र प्रशासनबीच सहमति भएपछि बन्द गरिएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *