• चैत्र २०, २०८२
  • No Comment
  • 4

सहमतिपछि सुर्खेत बसपार्कबाट सार्वजनिक सवारी पुनः सञ्चालन

सुर्खेत । सुर्खेत बसपार्कबाट अवरुद्ध भएको सार्वजनिक यातायात सेवा पुनः सञ्चालनमा आएको छ। यातायात व्यवसायी र प्रशासनबीच सहमति भएपछि बन्द गरिएको सेवा शुक्रबार दिउँसोदेखि सञ्चालनमा ल्याइएको हो।

जिल्लामा सञ्चालनमा रहेका यातायात सेवा प्रदायक संस्थाका सवारी साधनलाई थप व्यवस्थित बनाउन प्रशासन र व्यवसायीबीच छलफल भई विभिन्न निर्णय गरिएको जनाइएको छ। अत्यावश्यक सेवा अन्तर्गत पर्ने यातायातलाई यात्रुमैत्री, मर्यादित, परिष्कृत र व्यवस्थित बनाउन सहमति गरिएको हो।

सहमति अनुसार अब सार्वजनिक स्थानमा जथाभावी पार्किङ गर्न नपाइने, यात्रुले तोकिएको काउण्टरबाट मात्र टिकट लिनुपर्ने व्यवस्था लागू गरिनेछ। बसपार्क बाहिरबाट यात्रु टिपेर पुनः भित्र ल्याउन नपाइने र बसपार्कबाट निस्किएपछि तोकिएको गन्तव्यतर्फ मात्रै सवारी सञ्चालन गर्नुपर्ने निर्णय गरिएको छ।

यस्तै तोकिएको भाडादरभन्दा बढी रकम लिन नपाइने, यात्रुलाई अनिवार्य टिकट दिनुपर्ने, सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने तथा अनुमति प्राप्त सिटमा हेरफेर गर्न नपाइने सहमति भएको छ। साथै सवारी साधन दर्ता भएको प्रयोजनमै प्रयोग गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।

आज बिहानैदेखि अवरुद्ध भएको सेवा तत्काल सञ्चालन गर्ने र चैत १९ गते बसपार्कमा भएको विवादबारे जिल्ला प्रहरी कार्यालय मा छलफल गरी वस्तुनिष्ठ निष्कर्ष निकाल्ने सहमति भएको प्रशासनले जनाएको छ।

सम्बन्धित खबर

बराहतालमा पोषण तथा खाद्य सुरक्षा सम्बन्धी अभिमुखीकरण सम्पन्न

बराहतालमा पोषण तथा खाद्य सुरक्षा सम्बन्धी अभिमुखीकरण सम्पन्न

सुर्खेत । बराहताल गाउँपालिका–बड्डीचौरमा पालिकास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको आयोजनामा स्वास्थ्य…
रास्वपा कर्णाली प्रदेश सहमहामन्त्रीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

रास्वपा कर्णाली प्रदेश सहमहामन्त्रीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले सामुदायिक वन उपभोक्ता समितिको रकम हिनामिना गरेको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कर्णाली…
“स्वस्थ शरीर र सभ्य समाज”भन्ने मुल नारासहित चौकुने ६ झकमकेमा खेलकुद तथा सांस्कृतिक महोत्सव हुने

“स्वस्थ शरीर र सभ्य समाज”भन्ने मुल नारासहित चौकुने ६…

सुर्खेत। ​ “स्वस्थ शरीर र सभ्य समाज” भन्ने मूल नाराका साथ नयाँ वर्ष २०८३ सालको शुभअवसरमा दोभान असल शासन युवा क्लबले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *