• फाल्गुन २२, २०८२
  • No Comment
  • 32

कर्णालीमा निर्वाचन अपडेट: कालिकोट र जुम्लामा गणना सुरु, अन्य जिल्लामा केके हुँदैछ ?

 सुर्खेत। कर्णाली प्रदेशका १० जिल्लामा रहेका १२ निर्वाचन क्षेत्रमध्ये हालसम्म कालिकोट र जुम्लामा मात्रै मतगणना सुरु भएको छ। अन्य जिल्लाहरूमा भने मतगणना सुरु गर्ने तयारी भइरहेको छ।

कालिकोटमा बिहानैदेखि सुरु भएको मतगणनामा नेकपाका उम्मेदवार महेन्द्रबहादुर शाही अग्रस्थानमा रहेका छन्। पछिल्लो प्राप्त विवरण अनुसार शाहीले २,८६५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका हर्षबहादुर बमले २,०८९ मत पाएका छन्। त्यसैगरी एमालेका नगेन्द्र शाहीले १,८९५ मत प्राप्त गरेका छन् भने माओवादीका खड्गबहादुर विश्वकर्मा चौथो स्थानमा रहेका छन्।

यस्तै, जुम्लामा पनि केहीबेरअघि मात्र मतगणना सुरु भएको निर्वाचन कार्यालयले जनाएको छ।

दुई वटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा भने बिहान १० बजेपछि मात्रै मतगणना सुरु हुने गरी तयारी भइरहेको छ। मतपेटिका व्यवस्थापन र सर्वदलीय बैठकका कारण ढिलाइ भएको बताइएको छ।

अन्य पहाडी जिल्लाहरूमा कतै सर्वदलीय बैठक चलिरहेको छ भने कतै मतगणनाको अन्तिम तयारी भइरहेको छ।

हिमाली जिल्लाहरू मुगु, डोल्पा र हुम्लामा भने अझै मतपेटिका संकलनको काम जारी रहेको छ। ती जिल्लाका दुर्गम क्षेत्रबाट मतपेटिका हेलिकप्टरमार्फत ल्याउनुपर्ने भएकाले मतगणना दिउँसो १ बजेपछि मात्रै सुरु हुन सक्ने सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयहरूले जानकारी दिएका छन्।

यसैबीच कर्णालीका बाँकी निर्वाचन क्षेत्रमा पनि मतपेटिका संकलन र व्यवस्थापनको काम जारी रहेको निर्वाचन अधिकारीहरूले बताएका छन्।

सम्बन्धित खबर

सुर्खेतमा वैशाख १९–२० गते ‘कर्णाली युवा महोत्सव’ आयोजना हुँदै, १० उत्कृष्ट युवा सम्मानित हुने

सुर्खेतमा वैशाख १९–२० गते ‘कर्णाली युवा महोत्सव’ आयोजना हुँदै,…

सुर्खेत — “कर्णालीबाट पनि युवाहरूले केही गर्न सक्छन्” भन्ने मूल नारासहित कर्णाली युवा महोत्सवको दोस्रो संस्करण आगामी वैशाख १९ र २०…
चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता…

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास (ECD) केन्द्रमा कार्यरत सहजकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको १० दिने तालिम आज सम्पन्न भएको छ।…
श्री समावेसी सामुदायिक वन उपभोक्ता समूह चौकुने ३ द्वारा बेतान स्वास्थ्य चौकीमा खानेपानी ट्यांकी जडान

श्री समावेसी सामुदायिक वन उपभोक्ता समूह चौकुने ३ द्वारा…

सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–३ स्थित बेतान स्वास्थ्य चौकीमा देखिँदै आएको खानेपानी समस्यालाई समाधान गर्न महत्वपूर्ण पहल गरिएको छ। श्री समावेसी सामुदायिक…

Leave a Reply

Your email address will not be published. Required fields are marked *