• फाल्गुन १६, २०८२
  • No Comment
  • 61

धनुषामा प्रेम सम्बन्धको विवादमा युवकको हत्या, प्रेमिकासहित तीन पक्राउ

धनुषा – धनुषाको औरही गाउँपालिका–६ चक्करस्थित खेतमा बिहीबार एक युवकको हत्या गरिएको अवस्थामा शव फेला परेको घटनामा प्रहरीले प्रेम सम्बन्धका कारण हत्या भएको निष्कर्ष निकालेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै हंसपुरका २० वर्षीय सुमित कुमार मण्डलको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको जनाएको हो।

प्रहरीका अनुसार बुधबार साँझ करिब ६ बजे सुमित आफ्नी प्रेमिका काजल मण्डलसँग भेट्न औरही गाउँपालिका–६ सोनिगामा पुगेका थिए। सोही क्रममा काजलका काका परमेश्वर मण्डल घर पुगेपछि दुवैलाई सँगै देखेका थिए। त्यसपछि सुमितलाई कोठाबाट बाहिर निकालेर काजलका भाइ दिपेश मण्डललाई बोलाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी रुगमबहादुर कुँवरका अनुसार दुवै जनाले मिलेर सुमितमाथि कुटपिट गरेका थिए। त्यसपछि उनलाई नियन्त्रणमा लिएर नजिकैको खेततर्फ लगिएको र त्यहाँ धारिलो हतियार प्रयोग गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

घटनापछि पक्राउ पर्ने डरले मृतकले प्रयोग गरेको मोटरसाइकल दिपेशले छिमेकी गाउँमा रहेका एक साथीको घरमा लुकाएर राखेको पनि अनुसन्धानबाट खुलेको छ।

प्रहरीले घटनामा संलग्न आरोपमा प्रेमिका काजल मण्डल, उनका काका परमेश्वर मण्डल र भाइ दिपेश मण्डललाई नियन्त्रणमा लिएको छ। घटनामा प्रयोग भएको हतियार समेत बरामद गरिएको प्रहरीले जनाएको छ। हाल उनीहरूमाथि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

प्रहरीका अनुसार सुमित र काजलबीच करिब एक वर्षदेखि चिनजान र कुराकानी हुँदै आएको थियो। घटनाको थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने जनाइएको छ।

सम्बन्धित खबर

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने प्रबल आधार’

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने प्रबल आधार’

कर्णाली, ३ वैशाख । प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले कर्णाली प्रदेश लाई विश्वकै आरोग्य हबका रूपमा विकास गर्न सकिने अनुसन्धानदाताहरूले बताएका छन्…
तरबुजा भित्रबाट गुलियो छ कि छैन भनेर जान्नको लागि यी तरिकाहरू पालना गर्नुहोस्

तरबुजा भित्रबाट गुलियो छ कि छैन भनेर जान्नको लागि…

काठमाडौँ । गर्मी मौसम सुरु भएसँगै बजारमा तरबुजा को माग बढ्न थालेको छ । शरीरलाई शीतलता दिने र पानीको कमी पूर्ति…
जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध हुने तयारी

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध…

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यममार्फत सहज बनाउने लक्ष्यसहित जन्मदर्ता, विवाह दर्तालगायतका प्रमाणपत्र नागरिक एप मार्फत उपलब्ध गराउने तयारी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *