• बैशाख २, २०८३
  • No Comment
  • 37

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेस ले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का लाई ७ दिने स्पष्टीकरण सोधेको छ ।

बुधबार बसेको पार्टीको अनुशासन समितिको बैठकले पटक–पटक कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेको विषयमा खड्कासँग स्पष्टीकरण माग्ने निर्णय गरेको हो । समितिका सचिव दिनेश थापामगरका अनुसार खड्कालाई सात दिनभित्र जवाफ दिन भनिएको छ ।

पार्टीका सभापति गगनकुमार थापा ले सबै नेता–कार्यकर्तालाई वडा–वडामा पुगेर सदस्यता अद्यावधिक गर्न निर्देशन दिएका थिए । सोही निर्देशनप्रति असहमति जनाउँदै खड्काले गत चैत ३० गते कार्यवाहक सभापतिको रूपमा विज्ञप्ति जारी गरेका थिए ।

उक्त घटनापछि पार्टीले खड्कालाई सचेत गराएको थियो । तर सचेत गराउँदा पनि उनले पुनः कार्यवाहक सभापतिकै हैसियतमा विज्ञप्ति जारी गरेपछि कांग्रेसले अनुशासन उल्लंघन भएको निष्कर्ष निकाल्दै कारबाही प्रक्रिया अघि बढाएको हो ।

यस घटनाले कांग्रेसभित्रको आन्तरिक विवाद फेरि सतहमा आएको छ भने आगामी दिनमा यसले पार्टीको आन्तरिक राजनीति थप तातेको संकेत देखिएको छ ।

सम्बन्धित खबर

जाजरकोटमा १८२२ रोपनी अवैध अफिम र गाँजा खेती नष्ट

जाजरकोटमा १८२२ रोपनी अवैध अफिम र गाँजा खेती नष्ट

जाजरकोट । जाजरकोटका विभिन्न स्थानीय तहमा व्यावसायिक रूपमा गरिएको अवैध अफिम र गाँजा खेती ठूलो परिमाणमा नष्ट गरेको छ। ‘लागु औषधमुक्त…
स्वस्थ रहन चाहनुहुन्छ? यी १२ नियम पालना गर्नुहोस्

स्वस्थ रहन चाहनुहुन्छ? यी १२ नियम पालना गर्नुहोस्

स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति हो। स्वस्थ जीवनका लागि सही खानपिन, नियमित व्यायाम र सकारात्मक जीवनशैली अत्यन्त आवश्यक हुन्छ। रोग लागेपछि…
पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन शिलान्यास

पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन…

 सुर्खेत। पञ्चपुरी नगरपालिका वडा नं. ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको नयाँ प्रशासनिक भवन निर्माण कार्यको शिलान्यास गरिएको छ। कर्णाली प्रदेश…

Leave a Reply

Your email address will not be published. Required fields are marked *