- बैशाख २, २०८३
- No Comment
- 21
दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालत ले दीपक खड्का सँग सम्बन्धित रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।
बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापा को इजलासले खड्काकी श्रीमती विनिता थापा ले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो ।
इजलासले सम्बन्धित पक्षलाई उपस्थित भएर लिखित जवाफ पेश गर्न निर्देशन दिँदै किन बन्दी बनाइएको हो भन्नेबारे स्पष्ट पार्न भनेको छ ।
रिट निवेदनमा खड्कालाई गैरकानुनी रूपमा नियन्त्रणमा राखिएको दाबी गर्दै तत्काल रिहाइको माग गरिएको छ । अदालतले उक्त विषयमा थप सुनुवाइ अघि बढाउने जनाएको छ ।



