• बैशाख ३, २०८३
  • No Comment
  • 4

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने प्रबल आधार’

कर्णाली, ३ वैशाख । प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले कर्णाली प्रदेश लाई विश्वकै आरोग्य हबका रूपमा विकास गर्न सकिने अनुसन्धानदाताहरूले बताएका छन् ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा सहभागी विज्ञहरूले कर्णालीलाई प्राकृतिक आरोग्य केन्द्र बनाउन सकिने आठ आधार प्रस्तुत गरेका हुन् ।

योग विज्ञानदेव संस्कृति विश्वविद्यालय का पिएचडी शोधार्थी हरि उपाध्याय ले कर्णालीमा जडीबुटी, लोक चिकित्सा, योग–ध्यान, सामुदायिक जीवन, पर्यावरणीय सन्तुलन, वैदिक पद्धति, आयुर्वेद तथा सोवा–रिग्पा प्रणाली र स्थानीय खानपानजस्ता आधार रहेको बताए ।

उनका अनुसार कर्णालीलाई योग–ध्यान केन्द्रित गन्तव्यका रूपमा विकास गर्दै परम्परागत र आधुनिक चिकित्सा प्रणालीको समन्वय, स्थानीय स्रोतको उपयोग र दिगो पर्यटन प्रवर्द्धन गर्न सके विश्वस्तरको आरोग्य गन्तव्य बनाउन सकिन्छ ।

कार्यक्रममा युवा वैज्ञानिक राजेन्द्र विष्ट ले जडीबुटी र लोक उपचार पद्धतिमार्फत कर्णालीलाई आरोग्य पर्यटनको केन्द्रका रूपमा विकास गर्न सकिने बताए । उनले जडीबुटीलाई केवल औषधि नभई प्रकृतिसँग जोड्ने जीवनदर्शनका रूपमा व्याख्या गर्दै स्वच्छ वातावरण, जैविक खानपान र आध्यात्मिक अभ्यासले पर्यटकलाई अद्वितीय अनुभव दिने धारणा राखे ।

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारी ले प्रस्तुत सुझावका आधारमा नीति तथा कार्यक्रम निर्माण गरिने बताए । उनले लुम्बिनी, सुदूरपश्चिम र कर्णालीलाई जोड्ने धार्मिक पर्यटकीय सडक निर्माणमा पहल गरिने जानकारी दिए ।

मन्त्रालयका सचिव धोलकराज ढकाल ले आगामी आर्थिक वर्षमा आरोग्य केन्द्रित नीति तथा कार्यक्रम ल्याउने तयारी भइरहेको बताए । कर्णालीलाई ‘अर्ग्यानिक’ प्रदेशका रूपमा अघि बढाउने लक्ष्यलाई थप सुदृढ गरिने उनको भनाइ छ ।

अन्तरक्रियामा विभिन्न धार्मिक तथा आध्यात्मिक संस्थाका प्रतिनिधिहरूले कर्णालीको प्रकृति, संस्कृति, पुरातत्व र अध्यात्मलाई समेटेर समग्र आरोग्य पर्यटन प्रवर्द्धन गर्न नीतिगत पहल आवश्यक रहेकोमा जोड दिएका थिए ।

विज्ञहरूका अनुसार प्राकृतिक स्रोत, अध्यात्म र परम्परागत ज्ञानको समुचित उपयोग गर्न सके कर्णाली प्रदेशलाई अन्तर्राष्ट्रिय स्तरको आरोग्य हबका रूपमा विकास गर्न सकिने प्रबल सम्भावना रहेको छ ।

सम्बन्धित खबर

रास्वपाका सांसदहरूले मासिक १६ हजार र मन्त्रीहरूले १८ हजार लेबी बुझाउनुपर्ने

रास्वपाका सांसदहरूले मासिक १६ हजार र मन्त्रीहरूले १८ हजार…

 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद र मन्त्रीहरूका लागि मासिक लेबी निर्धारण गरेको छ । बिहीबार सिंहदरबारमा बसेको…
तरबुजा भित्रबाट गुलियो छ कि छैन भनेर जान्नको लागि यी तरिकाहरू पालना गर्नुहोस्

तरबुजा भित्रबाट गुलियो छ कि छैन भनेर जान्नको लागि…

काठमाडौँ । गर्मी मौसम सुरु भएसँगै बजारमा तरबुजा को माग बढ्न थालेको छ । शरीरलाई शीतलता दिने र पानीको कमी पूर्ति…
जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध हुने तयारी

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध…

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यममार्फत सहज बनाउने लक्ष्यसहित जन्मदर्ता, विवाह दर्तालगायतका प्रमाणपत्र नागरिक एप मार्फत उपलब्ध गराउने तयारी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *