• फाल्गुन १३, २०८२
  • No Comment
  • 43

निर्वाचनका लागि झुलाघाट नाका तीन दिन बन्द हुने

बैतडी – आसन्न निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएको बैतडीको झुलाघाट सीमानाका तीन दिन बन्द गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय, बैतडी का प्रमुख जिल्ला अधिकारी कृष्ण थापाका अनुसार मतदान हुनुभन्दा ७२ घण्टा अघिदेखि नाका बन्द गरिने निर्णय गरिएको हो। फागुन १८ गते राति १२ः०० बजेदेखि फागुन २१ गते राति १२ः०० बजेसम्म झुलाघाट नाका पूर्ण रूपमा बन्द रहनेछ।

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न उक्त निर्णय गरिएको प्रशासनले जनाएको छ। जिल्लाको ३१ किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएकाले सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी बलका बिओपीमार्फत सुरक्षा निगरानीसमेत कडा पारिएको जिल्ला सुरक्षा समितिले जनाएको छ।

तल्लोसोराड क्षेत्रमा पर्ने महाकाली नदी का विभिन्न घाटबाट डुङ्गामार्फत हुने आवतजावतसमेत निर्वाचन अवधिभर बन्द गरिने प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए।

अत्यावश्यक काम परेमा भने दुई देशबीचको आपसी समन्वयमा नाका खोल्न सकिने प्रशासनले जनाएको छ।

सम्बन्धित खबर

पञ्चपुरी ८ दुलालथाईमा एक युवाको उदाहरणीय पहल : १२ लाख लगानीमा जुत्ता–चप्पल उद्योग सञ्चालन, ३ जनालाई रोजगारी

पञ्चपुरी ८ दुलालथाईमा एक युवाको उदाहरणीय पहल : १२…

सुर्खेत । सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका–८ दुलालथाईस्थित औद्योगिक क्षेत्रभित्र एक युवा उद्यमीले आफ्नै लगानीमा जुत्ता–चप्पल उद्योग सञ्चालन गरी स्थानीय स्तरमै उत्पादन…
चौकुने–८ मा युवाहरुलाई तरकारीका बीउबिजन वितरण

चौकुने–८ मा युवाहरुलाई तरकारीका बीउबिजन वितरण

सुर्खेत।  अन्तर निर्भर समाज सुर्खेतका एकेन्द्र प्रसाद देवकोटाले चौकुने गाउँपालिका–८ का संयुक्त समाज सुधार युवाहरुलाई कमल जि सी को प्रमुख अतिथिमा…
मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाउने वन अधिकृत पक्राउ

मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाउने वन अधिकृत पक्राउ

काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कलमबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन्। जिल्ला प्रहरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *