• बैशाख ३, २०८३
  • No Comment
  • 28

रास्वपाका सांसदहरूले मासिक १६ हजार र मन्त्रीहरूले १८ हजार लेबी बुझाउनुपर्ने

 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद र मन्त्रीहरूका लागि मासिक लेबी निर्धारण गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उक्त प्रस्ताव पारित गरेको पार्टीका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटी ले जानकारी दिए ।

उनका अनुसार, सांसदहरूले मासिक १६ हजार ५ सय रुपैयाँ र मन्त्रीहरूले १८ हजार रुपैयाँ लेबी बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै, स्वकीय कर्मचारीका लागि पनि मासिक २ हजार रुपैयाँ लेबी तोकिएको छ । हालका लागि यो व्यवस्था मन्त्रीका स्वकीय सचिवमा लागू हुनेछ ।

बुर्लाकोटीका अनुसार भविष्यमा सांसदहरूले पनि स्वकीय राख्न पाउने व्यवस्था लागू भएमा उनीहरूका स्वकीयका लागि समेत लेबी निर्धारण गरिनेछ ।

पार्टीले आन्तरिक आर्थिक व्यवस्थापनलाई व्यवस्थित बनाउन यस्तो निर्णय गरेको जनाएको छ ।

सम्बन्धित खबर

पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन शिलान्यास

पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन…

 सुर्खेत। पञ्चपुरी नगरपालिका वडा नं. ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको नयाँ प्रशासनिक भवन निर्माण कार्यको शिलान्यास गरिएको छ। कर्णाली प्रदेश…
सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ हिनामिना आरोप, ५ जनाविरुद्ध मुद्दा

सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ…

सुर्खेत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिका तत्कालीन सदस्य सचिवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका…
सुर्खेतमा ब्राउनसुगर, नगद र सुनचाँदीसहित दुई जना पक्राउ

सुर्खेतमा ब्राउनसुगर, नगद र सुनचाँदीसहित दुई जना पक्राउ

सुर्खेत, २९ वैशाख । वीरेन्द्रनगरबाट  लागुऔषध ब्राउनसुगर, स्रोत नखुलेको नगद तथा सुनचाँदीका गहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *