- फाल्गुन १३, २०८२
- No Comment
- 31
नेपालले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने

लाईका संवाददाता
July 8, 2024
0Shares
काठमाडौँ – नेपालले चैत महिनामा हङकङविरुद्ध मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार औपचारिक जानकारी दिँदै चैत १२ गते काठमाडौँस्थित दशरथ रंगशाला मा खेल आयोजना हुने जनाएको हो।
नेपाली पुरुष राष्ट्रिय टोलीमा म्याट रसले जिम्मेवारी छाडेपछि हालसम्म नियमित मुख्य प्रशिक्षक नियुक्त भइसकेका छैनन्। एन्फाले छिट्टै नयाँ मुख्य प्रशिक्षक नियुक्त गर्ने र उनले नै टोलीको तयारी सुरु गर्ने सम्भावना रहेको बताइएको छ।
नेपाल र हङकङबीच यसअघि भएको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा टुंगिएको थियो।
यसैबीच, नेपालले एसियाकप छनोटको तेस्रो चरणअन्तर्गत समूह ‘एफ’ मा लाओसविरुद्ध एक खेल खेल्न बाँकी रहेको छ।



