- फाल्गुन १२, २०८२
- No Comment
- 6
चौकुनेमा तीन दिने प्राथमिक आँखा उपचार तालिम सम्पन्न
सुर्खेत। चौकुने गाउँपालिकामा तीन दिने प्राथमिक आँखा उपचार सम्बन्धी तालिम सम्पन्न भएको छ। प्रमुख अथिति चौकुने गाउँपालिका अध्यक्ष खड्क बि.क. विवस र नेपाल रेडक्रस चौकुने उपशाखाका सभापती चेत बहादुर वि.सि.को अध्यक्षतामा मिति २०८२।११।९, १० र ११ गते चौकुने गाउँपालिका स्थित महिला स्वास्थ्य स्वयमसेविका ३२ जना र शिक्षक प्रतिनिधि ४३ जना गरी जम्मा ७५ जनाका लागि छुट्टा छुट्टै तालिम सञ्चालन गरिएको थियो ।
प्राथमिक आँखा उपचार तालिमको मुख्य उद्देश्य विद्यालय तथा समुदाय स्तरमा आँखासम्बन्धी समस्या समयमै पहिचान गरी आवश्यक परामर्श र उपचारतर्फ मार्ग निर्देशन गर्ने, विशेषगरी बालबालिकामा देखिने दृष्टि कमजोरी छिटो पहिचान गरी शिक्षण सिकाइ प्रक्रियामा सुधार ल्याउने रहेको थियो । यस्तो तालिमले शिक्षक, स्वास्थ्यकर्मी तथा समुदायका प्रतिनिधिलाई आँखा स्वास्थ्य सम्बन्धी आधारभूत ज्ञान र सीप प्रदान गर्नुको साथै समयमै उपचार नपाउँदा हुन सक्ने जटिलता र स्थायी क्षति न्यूनीकरण गर्न यसले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखिएको थियो। तालिममा ९ गते चौकुने स्थित महिला स्वास्थ्य स्वयमसेविका, १० गते वडा नं. ४, ५, ६, ७, ८, ९ र १० का शिक्षक प्रतिनिधि, ११ गते वडा नं. १, २ र ३ का शिक्षक प्रतिनिधिहरुका साथै चौकुने गाउँपालिकाका स्वास्थ्य गगन बहादुर पाण्डे, प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर वि.क., उपाध्यक्ष नरबहादुर बान्तोलाको समेत सहभागिता रहेको थियो।
यस महत्वपूर्ण प्राथमिक आँखा उपचार तालिम सफलतापूर्वक सञ्चालन गरेकोमा आयोजक संस्थालाई अतिथि, प्रमुख अतिथि तथा सभाध्यक्षबाट हार्दिक धन्यवाद ज्ञापन गर्नुको साथै उहाँहरूले विद्यालय र समुदाय स्तरमै आँखासम्बन्धी समस्या पहिचान तथा सचेतना अभिवृद्धि गर्ने यस्ता कार्यक्रम अत्यन्तै प्रभावकारी र समयानुकूल रहेको उल्लेख गर्नुभयो। बालबालिकाको दृष्टि सुरक्षाले उनीहरूको शैक्षिक प्रगति र भविष्य निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै यस्ता तालिमलाई निरन्तरता दिन आग्रह गर्नुभयो। साथै सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतारेर समुदायमा सकारात्मक परिवर्तन ल्याउन सहभागीहरूलाई प्रेरित गर्दै आयोजकप्रति आभार प्रकट गर्नुभयो।
तालिम समापनसँगै सहभागीहरूले सिकेका विषयवस्तु व्यवहारमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल रेडक्रस सोसाइटी चौकुने उपशाखाका सभापती चौकुने गाउँपालिका चेत बहादुर वि.सि.को सभाध्यक्ष भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सुर्खेत आखा अस्पताल तर्फबाट रामलाल आचार्य, च्यारिटि फाउण्डेसनको तर्फबाट डा. विद्या पन्त र चौकुने गाउँपालिकाको तर्फबाट गाउँपालिका अध्यक्ष खड्क वि.क. विवस बिच चौकुने गाउँपालिका वडा नं. ४ बिजौरा स्थित आँखा उपचार केन्द्र स्थापना गर्ने गरी त्रिपक्षिय समझदारी पत्रमा हस्ताक्षर समेत भएको छ ।
तालिम तथा समझदारी पत्र हस्थाक्षर कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी आँखा अस्पताल सुर्खेतका सञ्चालक समिति संयोजक रामलाल आचार्य, व्यवस्थापक घन बहादुर थापा, नेत्र अधिकृत प्रेम दिक्षित समेतको उपस्थिति र रोहवरमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।