- फाल्गुन ६, २०८२
- No Comment
- 47
राइजिङ स्टार्स महिला एसिया कप खेलेर नेपाली टोली स्वदेश फिर्ता

लाईका संवाददाता
July 8, 2024
0Shares
काठमाडौँ — नेपाली राष्ट्रिय महिला टोली राइजिङ स्टार्स महिला एसिया कप खेलेर स्वदेश फर्किएको छ। टोली बुधबार नेपाल आइपुगेको हो।
प्रतियोगितामा नेपाली टोलीले समूह चरणका खेलहरूमा प्रतिस्पर्धा गरेको थियो। पाकिस्तान ‘ए’, युएई र इन्डिया ‘ए’ सँग पराजित भएपछि नेपालको अघिल्लो चरणमा पुग्ने यात्रा समूह चरणमै टुंगिएको थियो।
प्रतिस्पर्धात्मक खेल देखाए पनि नतिजा आफ्नो पक्षमा पार्न नसक्दा नेपाली टोली प्रतियोगिताबाट बाहिरिएको हो।
टोलीका प्रशिक्षक तथा खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरको अनुभव भविष्यका प्रतियोगितामा उपयोगी हुने बताएका छन्। खेलाडीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको थियो।



