• फाल्गुन ५, २०८२
  • No Comment
  • 60

नागढुङ्गाबाट १२ लाखभन्दा बढी मूल्यको चाँदीसहित किशोर पक्राउ

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गा चेकप्वाइन्टबाट प्रहरीले ठूलो परिमाणमा अवैध चाँदीसहित एक किशोरलाई पक्राउ गरेको छ।

वीरगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र ०१–००६ ख ५५२९ नम्बरको यात्रुवाहक बस जाँच गर्ने क्रममा करिब १२ लाख १४ हजार ५२० रुपैयाँ बराबरको चाँदी बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरी प्रभाग नागढुङ्गा र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाको संयुक्त टोलीले मंगलबार अपराह्न ४ बजे नियमित चेकजाँचका क्रममा उक्त चाँदी फेला पारेको हो।

पक्राउ पर्नेमा पर्सा फेटा गाउँपालिका–६ बस्ने १७ वर्षीय आशु श्राब रहेका छन्। प्रहरीले उनका साथबाट २ केजी ९०० ग्राम चाँदीका दाना बरामद गरेको जनाएको छ। उक्त चाँदी कालो रङको झोलाभित्र सेतो प्लास्टिकले बेरेर लुकाइछिपाइ ल्याइएको अवस्थामा फेला परेको थियो।

पक्राउ परेका किशोरलाई बरामद चाँदीसहित थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित खबर

जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोट, ३ वैशाख । जाजरकोट जिल्ला को छेडागाड नगरपालिका मा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।  बिहिबार बिहान वडा…
सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र अब नागरिकका घरदैलोमा

सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र…

 काठमाडौँ, ३ वैशाख । सरकारले सेवा प्रवाहलाई नागरिकको घरदैलोमा पु¥याउने लक्ष्यसहित राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरमै वितरण गर्ने नयाँ अभ्यास…
इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

काठमाडौं । इरान मा अत्यावश्यक औषधिको अभावसँगै मूल्यमा तीव्र वृद्धि भएको रिपोर्ट सार्वजनिक भएको छ, जसका कारण सर्वसाधारण नागरिकलाई उपचार पाउन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *