• फाल्गुन ४, २०८२
  • No Comment
  • 99

मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने पाँच चालक प्रहरी नियन्त्रणमा

काठमाडौँ — कास्की जिल्ला मा विभिन्न बोर्डिङ तथा विद्यालयका बस चालकले मादक पदार्थ सेवन गरी सवारी चलाएको अवस्थामा पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

स्थानीय सुरक्षा निकायका अनुसार विद्यार्थी बोकेको बसका चालकहरूले मादक पदार्थ सेवन गरेर सवारी सञ्चालन गरेको गुनासो प्राप्त भएपछि विशेष निगरानी र चेकजाँच अभियान सञ्चालन गरिएको थियो। सोही क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको जनाइएको छ।

नियन्त्रणमा परेका चालकहरूमा आनन्द परियार (माउन्ट हेभन बोर्डिङ स्कुल), गौतम गुरुङ (कुमुदिनी होम्स बोर्डिङ), भक्तबहादुर गुरुङ (विन्देश्वरी स्कुल), डम्बरबहादुर गुरुङ (अंजली बोर्डिङ) तथा पदम विक (एसओएस बोर्डिङ स्कुल) रहेका छन्।

प्रहरीले नियन्त्रणमा लिएका चालकहरूमाथि सवारी तथा यातायातसम्बन्धी प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ। विद्यार्थीको सुरक्षालाई ध्यानमा राख्दै यस्ता निगरानी अभियानलाई निरन्तरता दिइने पनि प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोट, ३ वैशाख । जाजरकोट जिल्ला को छेडागाड नगरपालिका मा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।  बिहिबार बिहान वडा…
सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र अब नागरिकका घरदैलोमा

सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र…

 काठमाडौँ, ३ वैशाख । सरकारले सेवा प्रवाहलाई नागरिकको घरदैलोमा पु¥याउने लक्ष्यसहित राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरमै वितरण गर्ने नयाँ अभ्यास…
इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

काठमाडौं । इरान मा अत्यावश्यक औषधिको अभावसँगै मूल्यमा तीव्र वृद्धि भएको रिपोर्ट सार्वजनिक भएको छ, जसका कारण सर्वसाधारण नागरिकलाई उपचार पाउन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *