• फाल्गुन २, २०८२
  • No Comment
  • 43

पेस्तोलसहित भारतीय नागरिक पक्राउ

 सुनसरीसशस्त्र प्रहरी बल ले सुनसरीको जमुवा सीमावर्ती क्षेत्रबाट पेस्तोलसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

भारतको अररिया ग्राम पञ्चायत–४ बस्ने ३६ वर्षीय राम थेलन पासवानलाई शुक्रबार साँझ नेपालतर्फ आउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो। उनको साथबाट इटालीमा बनेको पेस्तोल र सोका तीन राउन्ड गोली बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका पासवानको साथबाट लागूऔषध ब्राउनसुगर १०० ग्राम, नेपाली रुपैयाँ ७ हजार ५ सय र भारतीय रुपैयाँ ९ हजार ३८० समेत बरामद गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। पक्राउ परेका पासवानलाई बरामद सामग्रीसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको जनाइएको छ।

यसैबीच, सशस्त्र प्रहरी बल नं १ बराह बाहिनी का बाहिनीपति मनिष थापाले निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै सीमानाकामा चेकजाँचलाई थप कडाइ गर्न निर्देशन दिएका छन्।

इलाम, झापा, मोरङ र सुनसरी जिल्लाका सीमानाकाको स्थलगत अनुगमनपछि बाहिनीपतिले सीमाबाट हुने अवैध क्रियाकलाप नियन्त्रण गर्न मातहतका युनिटलाई निर्मम ढङ्गले प्रस्तुत हुन निर्देशन दिएको सहप्रवक्ता थापाले जानकारी दिए।

सम्बन्धित खबर

पञ्चपुरी ८ दुलालथाईमा एक युवाको उदाहरणीय पहल : १२ लाख लगानीमा जुत्ता–चप्पल उद्योग सञ्चालन, ३ जनालाई रोजगारी

पञ्चपुरी ८ दुलालथाईमा एक युवाको उदाहरणीय पहल : १२…

सुर्खेत । सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका–८ दुलालथाईस्थित औद्योगिक क्षेत्रभित्र एक युवा उद्यमीले आफ्नै लगानीमा जुत्ता–चप्पल उद्योग सञ्चालन गरी स्थानीय स्तरमै उत्पादन…
चौकुने–८ मा युवाहरुलाई तरकारीका बीउबिजन वितरण

चौकुने–८ मा युवाहरुलाई तरकारीका बीउबिजन वितरण

सुर्खेत।  अन्तर निर्भर समाज सुर्खेतका एकेन्द्र प्रसाद देवकोटाले चौकुने गाउँपालिका–८ का संयुक्त समाज सुधार युवाहरुलाई कमल जि सी को प्रमुख अतिथिमा…
मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाउने वन अधिकृत पक्राउ

मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाउने वन अधिकृत पक्राउ

काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कलमबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन्। जिल्ला प्रहरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *