• फाल्गुन १, २०८२
  • No Comment
  • 104

श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालय चौकुने -२ लगाममा पालिका स्तरीय ८ औं राष्ट्रपति रनिङ शिल्ड सम्बन्धी छलफल सम्पन्न

चौकुने। आगामी फागुन ६ देखि ८ गतेसम्म सञ्चालन गर्ने तयारी गरिएको पालिका स्तरीय ८औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका विषयमा श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालय चौकुने -२ लगाममा छलफल कार्यक्रम सम्पन्न भएको छ। चौकुने गाउँपालिका अध्यक्ष खडक बिवस वासपानेको प्रमुख आतिथ्यमा तथा खेलकुद विकास संयोजक कमल जि.सी. को अध्यक्षतामा सम्पन्न भएको हो।

छलफल कार्यक्रममा प्रतियोगितामा , सहभागी विद्यालयहरूको संख्या, खेलका विधाहरू, बजेट व्यवस्थापन, व्यवस्थापन समिति गठन तथा समग्र तयारीका विषयमा विस्तृत छलफल गरिएको थियो। चौकुने गाउँपालिका अध्यक्ष खडक बिवस पासपानेले राष्ट्रपति रनिङ शिल्डले विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना, अनुशासन र नेतृत्व विकास गर्ने बताउँदै प्रतियोगिता सफल बनाउन सबै विद्यालय र सरोकारवालाको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राख्नुभयो।

उहाँले पालिकाबाट आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रमका अध्यक्ष एवं खेलकुद विकास संयोजक कमल जि.सी.ले प्रतियोगितालाई व्यवस्थित, निष्पक्ष र भव्य रूपमा सम्पन्न गर्न तयारी तीव्र बनाइएको जानकारी दिनुभयो। उहाँले सबै विद्यालयलाई समयमै तयारी पूरा गरी सहभागिता जनाउन आग्रह गर्नुभयो। प्रतियोगितामा कक्षा १२ सम्म अध्ययनरत र १८ वर्ष उमेर ननाघेका विद्यार्थीबीच प्रतिस्पर्धा हुनेछ ।

पालिकास्तरीय र फाइनल दुबै प्रतियोगितामा दौड, रिले दौड, कपर्दी, हाइजम्प, ट्रिपल जम्प, सटफुट, ज्याबलिङ थ्रो, सितेरियो कराँतेतर्फका खेलहरू हुने खेलकुद विकास समितिका अध्यक्ष कमल जि सीले जानकारी दिनु भएको छ । पालिकास्तरीय र फाइनल दुबै प्रतियोगितामा चौकुने गाउँ पालिकामा रहेका ११ वटै बिधालयका बिध्यार्थीहरुको सहभागिता रहने र प्रतियोगितालाई व्यवस्थित, निष्पक्ष र भव्य रूपमा सम्पन्न गर्न र सबै विद्यालयलाई समयमै तयारी पूरा गरी सहभागिता जनाउन आग्रह गर्नुभयो । श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालय चौकुने २ लगामका प्रधानाध्यापक लाल बहादुर थापाले पहिलो पटक पश्चिम लगाममा ८औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको व्यवस्थापन गर्न पाएको भन्दै गौरवको विषय भएको बताउनुभयो ।

छलफलपछि प्रतियोगिता सफल बनाउन आवश्यक तयारी अगाडि बढाउने निर्णय गरिएको जनाइएको छ। छलफलमा गाउँपालिका अध्यक्ष खडक बिवस वासपाने , खेलकुद विकास संयोजक कमल जि सी , वडा न १ का वडा अध्यक्ष जीरक बडुवाल ,खेलकुद बिकास समिति सदस्य एवं बिपद ब्यवस्थापन शाखा प्रमुख पदमराज शर्मा , प्राबिधिक प्रकाश सापकोटा ,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन बि क लगायत बिभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर

अब आन्तरिक एकतालाई बलियो बनाएर जानुपर्ने देउवा पक्षको जोड

अब आन्तरिक एकतालाई बलियो बनाएर जानुपर्ने देउवा पक्षको जोड

काठमाडौं । नेपाली कांग्रेस का निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरूले पार्टीभित्र आन्तरिक एकता सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। आइतबार काठमाडौंमा…
चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता अभिवृद्धि तालिम आजदेखी सुरु

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता…

सुर्खेत। चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने प्रारम्भिक सिकाइ तथा विकास मापदण्डमा आधारित क्षमता अभिवृद्धि तालिम आजदेखि सुरु भएको…
सुकुमबासी व्यवस्थापन र बढ्दो महँगीलाई लिएर नेकपाद्वारा सरकारको कडा आलोचना

सुकुमबासी व्यवस्थापन र बढ्दो महँगीलाई लिएर नेकपाद्वारा सरकारको कडा…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले उचित विकल्पविना सुकुमबासी बस्तीमाथि डोजर चलाएर सरकारले अमानवीय कार्य गरेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *