- फाल्गुन १, २०८२
- No Comment
- 37
पाथिभराको दर्शन गर्दै प्रधानमन्त्री कार्कीले गरिन् शान्तिपूर्ण निर्वाचनको कामना
ताप्लेजुङ । कोशी प्रदेशको भ्रमणमा रहेकी प्रधानमन्त्री कार्कीले शुक्रबार बिहान ताप्लेजुङस्थित पाथीभरा मन्दिरको दर्शन गरेकी छन्। दर्शनपश्चात् उनले आगामी निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न होस् भन्ने कामना व्यक्त गरिन्।
‘फागुन महिना, निर्वाचन महिना। पाथीभराबाट सुरुवात। शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेकी छु,’ प्रधानमन्त्री कार्कीले संक्षिप्त प्रतिक्रिया दिँदै भनिन्।
यसअघि उनी बिहीबार सोलुखुम्बु, भोजपुर र सुनसरी जिल्लाको भ्रमणमा पुगेकी थिइन्। सो क्रममा उनले निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे सम्बन्धित निकायसँग जानकारी लिएकी थिइन्।
सरकारले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आवश्यक तयारी तीव्र बनाएको जनाएको छ।