• माघ २८, २०८२
  • No Comment
  • 69

सल्यानमा बोलेरो जीप दुर्घटना: चालकको मृत्यु, ३ जना घाइते

नबिन पि.एम, सल्यान। रुकुम पूर्वको सिस्ने गाउँपालिकाबाट दाङतर्फ जाँदै गरेको बोलेरो जीप सल्यानमा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।

राप्ती लोकमार्गअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा ग १ ज ५६६१ नम्बरको बोलेरो जीप बुधबार बिहान करिब ५ बजे दुर्घटनामा परेको हो। दुर्घटनामा परी जीपका चालक रुकुम पूर्व सिस्ने गाउँपालिका–४ निवासी ३४ वर्षीय विजय बिकको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी कपुरकोटले जानकारी दिएको छ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी कपुरकोट, गाउँ प्रहरी तथा स्थानीय जनप्रतिनिधि उद्धार कार्यमा खटिएका थिए। दुर्घटनामा घाइते भएका तीन जनालाई उद्धार गरी कपुरकोट गाउँपालिकाको आधारभूत अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि दाङको तुलसीपुर पठाइएको कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिनुभयो।

प्रहरीका अनुसार जीपमा चालकसहित चार जना सवार थिए। दुर्घटनामा जीप करिब दुई सय मिटर तल खसेको बताइएको छ। घाइतेहरूको पहिचान हालसम्म खुल्न सकेको छैन। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

किन नेपाल आए अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल ?

किन नेपाल आए अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल ?

काठमाडौँ — अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोएल बी. भोवेल नेपाल भ्रमणमा आएका छन्। पूर्वनिर्धारित कार्यक्रमअनुसार उनी भुटान हुँदै ड्रुक एयरको उडानमार्फत…
पुरानो खानेपानी मुहान सुकेपछि मावि च्युरामा खानेपानी अभाव बिधार्थी मर्कामा

पुरानो खानेपानी मुहान सुकेपछि मावि च्युरामा खानेपानी अभाव बिधार्थी…

 फागुन,२९ सल्यान। गर्मी सिजन सुरु भएसँगै विद्यालयमा खानेपानीको चरम संकट उत्पन्न हुन थालेको छ । करिव १ हजारकाे हाराहारीमा रहेको विद्यार्थीलाई…
चौकुने ८ मा रहेको लालझाडी सामुदायिक वनको पहलमा सरस्वती मन्दिर निर्माण कार्य सुरु

चौकुने ८ मा रहेको लालझाडी सामुदायिक वनको पहलमा सरस्वती…

सुर्खेत। सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–८ भट्टेसरामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको परिसरमा सरस्वती मन्दिर निर्माण कार्य सुरु गरिएको छ। लालझाडी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *