• माघ २५, २०८२
  • No Comment
  • 69

बालेनको डेरा कोठामा चोरी गर्ने तीन जना पक्राउ

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको डेरा कोठामा चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बालाजु हाइट घर भई हाल बासवारी बस्दै आएका ४२ वर्षीय मनिष राजवाहक, सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका–६ पड्कु घर भई हाल काठमाडौँ महानगरपालिका–३१ गैरिगाउँ बस्ने ४६ वर्षीय खिमबहादुर खड्का तथा डोटी दिपायल सिलगढी नगरपालिका–६ घर भई हाल धादिङ धुनिबेशी नगरपालिका–७ खानीखोला बस्ने ४५ वर्षीय संजय श्रेष्ठ रहेकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार उनीहरूलाई विभिन्न मितिमा पक्राउ गरिएको हो। प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिहरू यसअघि पनि आपराधिक गतिविधिमा संलग्न रहेको खुलेको  छ।

घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको

सम्बन्धित खबर

जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोट, ३ वैशाख । जाजरकोट जिल्ला को छेडागाड नगरपालिका मा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।  बिहिबार बिहान वडा…
सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र अब नागरिकका घरदैलोमा

सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र…

 काठमाडौँ, ३ वैशाख । सरकारले सेवा प्रवाहलाई नागरिकको घरदैलोमा पु¥याउने लक्ष्यसहित राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरमै वितरण गर्ने नयाँ अभ्यास…
इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

काठमाडौं । इरान मा अत्यावश्यक औषधिको अभावसँगै मूल्यमा तीव्र वृद्धि भएको रिपोर्ट सार्वजनिक भएको छ, जसका कारण सर्वसाधारण नागरिकलाई उपचार पाउन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *