• माघ २५, २०८२
  • No Comment
  • 68

बैतडीका दुई हजार चार सय बढी किशोरीलाई एचपिभी खोप लगाइँदै

बैतडी । बैतडी जिल्लामा पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने एचपिभी खोप दुई हजार ४५३ जना किशोरीलाई लगाइने भएको छ। स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टका अनुसार उक्त खोप अभियान यही माघ २७ गतेदेखि फागुन २ गतेसम्म जिल्लाभर सञ्चालन हुनेछ।

उनका अनुसार जिल्लाका १० वटै स्थानीय तहका विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्रा, विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरी तथा गत वर्षको अभियानमा छुटेका किशोरीलाई खोप दिइनेछ।

गत वर्ष एचपिभी खोप अभियानका रूपमा सञ्चालन गरिएको भए पनि यो वर्षदेखि उक्त खोप नियमित खोप कार्यक्रममा समावेश गरिएको हो। यस वर्ष बैतडीमा कक्षा ६ मा अध्ययनरत दुई हजार ३८६ जना, गत वर्षको अभियानमा छुटेका ६१ जना तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेरका ६ जना किशोरी गरी कुल दुई हजार ४५३ जनालाई खोप दिइने स्वास्थ्य कार्यालयले जनाएको छ।

गत वर्ष भने कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरी गरी १० हजार ३१० जनालाई एचपिभी खोप लगाइएको थियो। यो वर्षको खोप अभियानका लागि स्थानीय तहहरूले आ–आफ्नो पालिकामा तयारी पूरा गरिसकेका छन् भने प्रत्येक विद्यालयलाई खोप केन्द्र तोकिएको छ।

पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने एचपिभी खोप पूर्ण रूपमा सुरक्षित रहेको जिल्ला अस्पताल बैतडीका निमित्त प्रमुख डा. पविन उपाध्यायले जानकारी दिए। नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण हरेक वर्ष धेरै महिलाले ज्यान गुमाउनुपर्ने अवस्था रहेकाले उक्त रोग लाग्नै नदिन समयमै खोप लगाउनु अत्यन्त आवश्यक रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

सम्बन्धित खबर

सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र अब नागरिकका घरदैलोमा

सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र…

 काठमाडौँ, ३ वैशाख । सरकारले सेवा प्रवाहलाई नागरिकको घरदैलोमा पु¥याउने लक्ष्यसहित राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरमै वितरण गर्ने नयाँ अभ्यास…
इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

काठमाडौं । इरान मा अत्यावश्यक औषधिको अभावसँगै मूल्यमा तीव्र वृद्धि भएको रिपोर्ट सार्वजनिक भएको छ, जसका कारण सर्वसाधारण नागरिकलाई उपचार पाउन…
रास्वपाका सांसदहरूले मासिक १६ हजार र मन्त्रीहरूले १८ हजार लेबी बुझाउनुपर्ने

रास्वपाका सांसदहरूले मासिक १६ हजार र मन्त्रीहरूले १८ हजार…

 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद र मन्त्रीहरूका लागि मासिक लेबी निर्धारण गरेको छ । बिहीबार सिंहदरबारमा बसेको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *