• माघ १५, २०८२
  • No Comment
  • 82

काठमाडौंका विभिन्न स्थानमा लुटपाट गर्ने १० जना पक्राउ, मुख्य नाइकेलाई गोली लाग्यो

काठमाडौं । काठमाडौं उपत्यकामा रातको समयमा बढ्दै गएको लुटपाट तथा आतंकका घटनालाई नियन्त्रण गर्न प्रहरीले चलाएको विशेष अभियानअन्तर्गत १० जना लुटेरा पक्राउ परेका छन्। काठमाडौं प्रहरीले बुधबार राति मूलपानी क्षेत्रमा गरिएको अपरेसनपछि पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएको हो।

पक्राउ परेकामध्ये लुटेरा समूहका मुख्य नाइके विनय तामाङलाई पक्राउ गर्ने क्रममा गोली लागेको र उनको हाल ट्रमा सेन्टरमा उपचार भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता रमेश थापाले जानकारी दिनुभयो।

प्रहरीका अनुसार उक्त समूहले उपत्यकाका विभिन्न स्थानमा विशेषगरी महिलाका गहना चोरी गर्ने, एकान्त स्थानमा लुटपाट गरी मोटरसाइकलमार्फत फरार हुने गरेको पाइएको छ। प्रारम्भिक अनुसन्धानअनुसार समूहले हालसम्म २७ वटा लुटपाटका घटना गरिसकेको खुलेको छ।

प्रवक्ता थापाका अनुसार ‘जेनजी आन्दोलन’ पछि लुटेरा समूह संगठित रूपमा सक्रिय भएको देखिएको छ। दिनभरि प्रयोग गरिएका ट्याक्सीहरू समेत लुटपाटमा प्रयोग भएको र ट्याक्सी चालकहरू राति ९ बजेतिर जम्मा भई १२ बजेदेखि बिहान ४ बजेसम्म लुटपाटमा संलग्न हुने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

मुख्य नाइके विनय तामाङ यसअघि भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रहरी हिरासतबाट फरार भएका थिए। गएराति मोटरसाइकलमा भाग्ने क्रममा पक्राउ गर्न खोज्दा प्रहरीबाट गोली प्रहार भएको प्रवक्ता थापाले बताउनुभयो।

प्रहरीका अनुसार तामाङ विगतमा पनि विभिन्न आपराधिक घटनामा संलग्न रहँदै आएका थिए र १० जनाको समूहलाई नेतृत्व तथा निर्देशन दिँदै आएको देखिएको छ। यसअघि उनी बुढानिलकण्ठ क्षेत्रमा चोरी–डकैतीसम्बन्धी अनुसन्धानका क्रममा महाराजगञ्ज वृत्तको हिरासतमा रहेका थिए।

पक्राउ परेका समूहले सोह्रखुट्टे, बौद्ध, महाराजगञ्ज, गौशाला र भक्तपुरको थिमी क्षेत्रमा रातको समयमा लुटपाट गर्दै आएको प्रहरीले जनाएको छ। प्रहरीले आज मात्र २७ वटा जाहेरी दर्ता भएको जानकारी दिँदै सर्वसाधारणलाई सचेत रहन र अनावश्यक रूपमा एक्लै हिँडडुल नगर्न आग्रह गरेको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

सुर्खेतमा वैशाख १९–२० गते ‘कर्णाली युवा महोत्सव’ आयोजना हुँदै, १० उत्कृष्ट युवा सम्मानित हुने

सुर्खेतमा वैशाख १९–२० गते ‘कर्णाली युवा महोत्सव’ आयोजना हुँदै,…

सुर्खेत — “कर्णालीबाट पनि युवाहरूले केही गर्न सक्छन्” भन्ने मूल नारासहित कर्णाली युवा महोत्सवको दोस्रो संस्करण आगामी वैशाख १९ र २०…
चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता…

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास (ECD) केन्द्रमा कार्यरत सहजकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको १० दिने तालिम आज सम्पन्न भएको छ।…
श्री समावेसी सामुदायिक वन उपभोक्ता समूह चौकुने ३ द्वारा बेतान स्वास्थ्य चौकीमा खानेपानी ट्यांकी जडान

श्री समावेसी सामुदायिक वन उपभोक्ता समूह चौकुने ३ द्वारा…

सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–३ स्थित बेतान स्वास्थ्य चौकीमा देखिँदै आएको खानेपानी समस्यालाई समाधान गर्न महत्वपूर्ण पहल गरिएको छ। श्री समावेसी सामुदायिक…

Leave a Reply

Your email address will not be published. Required fields are marked *