• माघ १५, २०८२
  • No Comment
  • 76

गुल्मीमा श्रीमान्–श्रीमती विवादका बीच तीन महिने शिशुको हत्या

गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिका–३ छल्दीटारमा श्रीमान्–श्रीमतीबीचको विवादका क्रममा तीन महिने शिशुको हत्या भएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुका अनुसार ४६ वर्षीय सन्तबहादुर कुमालले आफ्नै तीन महिने छोरा सुवास कुमालको हत्या गरेका हुन्। प्रारम्भिक अनुसन्धानअनुसार उनले मादक पदार्थ सेवन गरेका अवस्थामा घटना घटाएको खुलेको छ। घटना बिहान करिब ९:३० बजेतिर भएको जनाइएको छ।

घटनाबारे मृतक शिशुकी जेठी छोरी सरिता कुमालले प्रहरी चौकी हस्तीचौरमा जानकारी गराएकी थिइन्। सूचनापछि प्रहरी सहायक निरीक्षक विनयकुमार श्रीवास्तवको कमाण्डमा दुई जना र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक पर्वतकुमार केसीको नेतृत्वमा पाँच जनाको टोली घटनास्थलमा खटिएको थियो।

शिशुको हत्या गरेको आरोपित बुबा सन्तबहादुर कुमालले घटनामा संलग्न भएको स्वीकार गरेको प्रहरीले जनाएको छ। यद्यपि घटनाको स्पष्ट कारण भने अझै खुल्न सकेको छैन।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

सम्बन्धित खबर

सुर्खेतमा वैशाख १९–२० गते ‘कर्णाली युवा महोत्सव’ आयोजना हुँदै, १० उत्कृष्ट युवा सम्मानित हुने

सुर्खेतमा वैशाख १९–२० गते ‘कर्णाली युवा महोत्सव’ आयोजना हुँदै,…

सुर्खेत — “कर्णालीबाट पनि युवाहरूले केही गर्न सक्छन्” भन्ने मूल नारासहित कर्णाली युवा महोत्सवको दोस्रो संस्करण आगामी वैशाख १९ र २०…
चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता…

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास (ECD) केन्द्रमा कार्यरत सहजकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको १० दिने तालिम आज सम्पन्न भएको छ।…
श्री समावेसी सामुदायिक वन उपभोक्ता समूह चौकुने ३ द्वारा बेतान स्वास्थ्य चौकीमा खानेपानी ट्यांकी जडान

श्री समावेसी सामुदायिक वन उपभोक्ता समूह चौकुने ३ द्वारा…

सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–३ स्थित बेतान स्वास्थ्य चौकीमा देखिँदै आएको खानेपानी समस्यालाई समाधान गर्न महत्वपूर्ण पहल गरिएको छ। श्री समावेसी सामुदायिक…

Leave a Reply

Your email address will not be published. Required fields are marked *