- माघ १५, २०८२
- No Comment
- 172
सुर्खेतमा १ ग्राम ८१० मिलिग्राम ब्राउन सुगरसहित एक युवक पक्राउ

सुर्खेत। जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका वडा नं. ८ स्थित बाइपास सडक खण्डबाट प्रहरीले लागु औषधसहित युवकलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, बुधबार अपराह्न ४:३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागु औषध नियन्त्रण ब्यूरो सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा चेकजाँच गर्दा ती युवकलाई फेला पारेको थियो।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ बस्ने २१ वर्षीय विष्णु रावत रहेका छन्। शंकास्पद अवस्थामा हिँडिरहेका रावतलाई रोकेर खानतलासी गर्दा उनको साथबाट १ ग्राम ८१० मिलिग्राम लागु औषध (ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ) बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका रावतलाई लागु औषधसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको र उनीमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको सूचना अधिकारी (प्रहरी निरीक्षक) ले जानकारी दिनुभएको छ।



