- माघ १५, २०८२
- No Comment
- 102
विद्यार्थीमाथि यौन दुर्व्यवहार प्रयासको आरोपमा शिक्षक पक्राउ

चौतारा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१२ स्थित जनजागृति माध्यमिक विद्यालयका एक शिक्षक विद्यार्थीमाथि यौन दुर्व्यवहार प्रयास गरेको आरोपमा पक्राउ परेका छन्।
प्रहरीका अनुसार सोही विद्यालयमा कार्यरत शिक्षक जितराज गिरीले गत माघ १२ गते विद्यालय नजिकैको एक स्टेसनरी पसलमा गएकी नाबालिका विद्यार्थीमाथि दुर्व्यवहार गर्ने प्रयास गरेको आरोप लागेको छ।
घटनाबारे उजुरी परेपछि प्रहरीले अनुसन्धानका लागि शिक्षक गिरीलाई नियन्त्रणमा लिएको जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।



