• माघ १३, २०८२
  • No Comment
  • 52

छानबिन गर्न गठित आयोगको प्रगतिबारे सदनलाई जानकारी गराउन माग

काठमाडौँ । सङ्घीय संसद् राष्ट्रियसभाको आजको बैठकमा सांसद सुमित्रा बिसीले गत भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिको छानबिन गर्न गठित आयोगको प्रगतिबारे सदनलाई जानकारी गराउन माग गर्नुभएको छ।

उहाँले आयोग गठन भएपछिको कार्यप्रगति, अनुसन्धानको अवस्था र प्रतिवेदन पेस गर्ने समयसीमाबारे स्पष्ट जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो।

बैठकमा बोल्दै राष्ट्रियसभा सदस्य गङ्गाकुमारी वेल्वासेले राष्ट्रिय निकुञ्ज तथा आसपासका क्षेत्रमा वन्यजन्तुको आक्रमणका कारण नागरिकको ज्यान जाने तथा घाइते हुने घटनाहरू बर्सेनि बढ्दै गएको उल्लेख गर्नुभयो। यसै सन्दर्भमा सांसद गोपीबहादुर सार्की आछामीले झापा, मोरङ, सुनसरी, उदयपुरलगायत जिल्लामा हात्तीको आतङ्क बढ्दै गएको बताउँदै प्रभावकारी नियन्त्रणका उपाय अवलम्बन गर्न सरकारसँग माग गर्नुभयो।

त्यसैगरी सांसद तुलसाकुमारी दाहालले सर्लाही जिल्लामा दादुरा र रुबेलाजस्ता सरुवा रोगको प्रकोप बढिरहेको उल्लेख गर्दै त्यसको नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सेवा, औषधि र पूर्वतयारीमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।

सांसद मायाप्रसाद शर्माले जाजरकोट भूकम्पका पीडितहरूले अझै पर्याप्त राहत नपाएको गुनासो गर्नुभयो। पुनर्निर्माणका काम समयमै सम्पन्न नहुँदा भूकम्प पीडितको दैनिकी कष्टकर बनेको उहाँको भनाइ थियो।

बैठकमा सांसद शारदादेवी भट्टले मदिरापान गरी सवारीसाधन चलाउने तथा सवारी नियम उल्लङ्घन गर्ने व्यक्तिहरूलाई कठोर कानुनी सजायको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो।

सम्बन्धित खबर

सुर्खेतमा वैशाख १९–२० गते ‘कर्णाली युवा महोत्सव’ आयोजना हुँदै, १० उत्कृष्ट युवा सम्मानित हुने

सुर्खेतमा वैशाख १९–२० गते ‘कर्णाली युवा महोत्सव’ आयोजना हुँदै,…

सुर्खेत — “कर्णालीबाट पनि युवाहरूले केही गर्न सक्छन्” भन्ने मूल नारासहित कर्णाली युवा महोत्सवको दोस्रो संस्करण आगामी वैशाख १९ र २०…
चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता…

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास (ECD) केन्द्रमा कार्यरत सहजकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको १० दिने तालिम आज सम्पन्न भएको छ।…
श्री समावेसी सामुदायिक वन उपभोक्ता समूह चौकुने ३ द्वारा बेतान स्वास्थ्य चौकीमा खानेपानी ट्यांकी जडान

श्री समावेसी सामुदायिक वन उपभोक्ता समूह चौकुने ३ द्वारा…

सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–३ स्थित बेतान स्वास्थ्य चौकीमा देखिँदै आएको खानेपानी समस्यालाई समाधान गर्न महत्वपूर्ण पहल गरिएको छ। श्री समावेसी सामुदायिक…

Leave a Reply

Your email address will not be published. Required fields are marked *