• माघ १३, २०८२
  • No Comment
  • 70

चुनावका लागि महावीर पुनले मागे आर्थिक सहयोग

काठमाडौँ । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार बनेका पूर्व शिक्षामन्त्री महावीर पुनले निर्वाचन खर्चका लागि आर्थिक सहयोगको आह्वान गरेका छन्।

पुनले सामाजिक सञ्जालमार्फत बैंक खाता विवरण र क्यूआर कोड सार्वजनिक गर्दै समर्थकहरूलाई सहयोग गर्न आग्रह गरेका हुन्। उनले धेरै शुभेच्छुक तथा समर्थकहरूले चुनावी सहयोगका लागि बैंक खाता र क्यूआर कोड माग गरेपछि निर्वाचन प्रयोजनका लागि मात्र नयाँ खाता खोलेको बताएका छन्।

सामाजिक सञ्जालमा सार्वजनिक गरिएको सन्देशमा पुनले भनेका छन्, “धेरै साथीहरूले मलाई चुनावमा सहयोग गर्न भनेर बैंक खाता र क्यूआर कोड माग्नुभएको थियो। धेरै समर्थकको अनुरोध आएपछि चुनावका लागि मात्र भनेर यो नयाँ खाता खोलेको हुँ। यस खाताको सम्पूर्ण हिसाबकिताब पूर्ण रूपमा पारदर्शी बनाइनेछ।”

उम्मेदवार बनेपछि पुनले अपनाएको प्रचार शैली र उठाएका विषयहरू सामाजिक सञ्जालमा व्यापक चर्चामा छन्। केहीले चुनाव गराउने जिम्मेवारी पाएको मन्त्री पद छोडेर उम्मेदवार बन्न आएको भन्दै आलोचना गरे पनि पुनले त्यसको खण्डन गर्दै आएका छन्।

उनले वर्तमान सरकारमा रहँदा आफूले सोचेजस्तो काम गर्न नसक्ने अवस्था देखेपछि पद छोडेर प्रत्यक्ष जनतामाझ गएर चुनाव लड्ने निर्णय गरेको स्पष्ट पारेका छन्।

सम्बन्धित खबर

सुर्खेतमा वैशाख १९–२० गते ‘कर्णाली युवा महोत्सव’ आयोजना हुँदै, १० उत्कृष्ट युवा सम्मानित हुने

सुर्खेतमा वैशाख १९–२० गते ‘कर्णाली युवा महोत्सव’ आयोजना हुँदै,…

सुर्खेत — “कर्णालीबाट पनि युवाहरूले केही गर्न सक्छन्” भन्ने मूल नारासहित कर्णाली युवा महोत्सवको दोस्रो संस्करण आगामी वैशाख १९ र २०…
चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता…

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास (ECD) केन्द्रमा कार्यरत सहजकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको १० दिने तालिम आज सम्पन्न भएको छ।…
श्री समावेसी सामुदायिक वन उपभोक्ता समूह चौकुने ३ द्वारा बेतान स्वास्थ्य चौकीमा खानेपानी ट्यांकी जडान

श्री समावेसी सामुदायिक वन उपभोक्ता समूह चौकुने ३ द्वारा…

सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–३ स्थित बेतान स्वास्थ्य चौकीमा देखिँदै आएको खानेपानी समस्यालाई समाधान गर्न महत्वपूर्ण पहल गरिएको छ। श्री समावेसी सामुदायिक…

Leave a Reply

Your email address will not be published. Required fields are marked *