• माघ १३, २०८२
  • No Comment
  • 78

जेल ‘युनिफर्म’मै कैदीसँग सम्बन्धः पूर्व जेल अधिकारीलाई तीन वर्षको जेल सजाय

काठमाडौं — कैदीसँग अवैध यौन सम्बन्ध तथा जेल सुरक्षासम्बन्धी गम्भीर अपराध गरेको आरोपमा बेलायतकी एक पूर्व जेल अधिकारीलाई तीन वर्षको जेल सजाय सुनाइएको छ।

बेलायतको नर्थह्याम्प्टनशायरस्थित वेलिंगबरोमा रहेको एचएमपी फाइभ वेल्स जेलमा कार्यरत रहेकी एलिसिया नोभासलाई कैदीसँग यौन सम्बन्ध राख्नुका साथै जेल सुरक्षालाई जोखिममा पार्ने गतिविधि गरेको अभियोगमा उक्त सजाय सुनाइएको हो।

अदालतका अनुसार नोभासले कैदी डेक्लान विंकलेससँग व्यक्तिगत सम्बन्ध राख्दै आफ्नो व्यक्तिगत फोन नम्बर दिएकी थिइन्। जुलाई २०२४ मा १८ वर्षको उमेरमै जेल अधिकारीको रूपमा काम सुरु गरेकी नोभास र ३१ वर्षीय विंकलेसबीच अगस्ट २०२४ देखि मार्च २०२५ सम्म करिब तीन हजार पटक फोन, मेसेज तथा भिडियो कलमार्फत सम्पर्क भएको खुलेको छ।

विंकलेसले जेलभित्र चारवटा अवैध मोबाइल फोन प्रयोग गरेको र नोभासले उनका लागि गाँजा तथा दुईवटा मोबाइल फोन तस्करी गरेको अदालतले जनाएको छ। यति मात्र होइन, नोभासले जेलका एक सूचनादाताको नाम तथा जेल प्रशासनले विंकलेसबारे राखेको जानकारी समेत गोप्य रूपमा दिएको ठहर अदालतले गरेको छ। यसले सूचनादाताको ज्यान जोखिममा पार्नुका साथै जेलको समग्र सुरक्षा प्रणाली कमजोर बनाएको निष्कर्ष निकालिएको छ।

अदालतमा प्रस्तुत प्रमाणअनुसार उनीहरूबीचको सम्बन्ध नोभेम्बर ६, २०२४ मा फोन नम्बर साटासाटबाट सुरु भई नोभेम्बर १६ सम्म यौन सम्बन्धमा परिणत भएको थियो। विंकलेसले नोभासप्रति रोमान्टिक रुचि देखाउँदै महँगो उपहार प्रस्ताव गरेको सन्देशहरू पनि भेटिएका छन्।

सजाय सुनाउँदै न्यायाधीश रेबेका क्रेनले नोभासले जेलको युनिफर्म लगाएकै अवस्थामा यौन सम्पर्क गरेको दुईवटा भिडियो विंकलेसले स्न्यापच्याटमार्फत सेयर गरेको उल्लेख गरिन्। ती भिडियो पछि सार्वजनिक भई मिडियामा पुगेका थिए।

न्यायाधीश क्रेनले नोभासले आफ्नो व्यवहारको गम्भीरता नबुझेको भन्दै यसले जेल कर्मचारी, कैदी तथा समग्र सुरक्षामा गम्भीर खतरा उत्पन्न गरेको बताइन्। यद्यपि, उनको कम उमेर र अनुभवको कमीका कारण उनी सजिलै प्रभावमा परेको पक्षलाई समेत अदालतले उल्लेख गरेको छ।

नोभासको पक्षबाट बहस गर्दै वकिल लियाम मुइरले उनी भावनात्मक रूपमा अस्थिर व्यक्तित्वकी भएको र अपराधको समयमा त्यसको औपचारिक निदान नभएको दाबी गरे।

यसै घटनामा संलग्न कैदी डेक्लान विंकलेस, जो चोरी तथा लुटपाटसम्बन्धी मुद्दामा पहिले नै ११ वर्ष तीन महिनाको सजाय भोगिरहेका थिए, उनलाई पनि थप तीन वर्ष चार महिनाको जेल सजाय सुनाइएको छ। उक्त सजाय उनको पुरानो सजायसँगै निरन्तर रूपमा लागू हुने अदालतले जनाएको छ।

दुवै प्रतिवादी सोमबार एचएमपी पिटरबरोबाट भिडियो लिंकमार्फत अदालतमा उपस्थित भएका थिए। नोभासले मिसकन्डक्ट इन पब्लिक अफिससहित कुल छ वटा अभियोगमा अपराध स्वीकार गरेकी छिन्। एजेन्सीको सहयोगमा

सम्बन्धित खबर

सुर्खेतमा वैशाख १९–२० गते ‘कर्णाली युवा महोत्सव’ आयोजना हुँदै, १० उत्कृष्ट युवा सम्मानित हुने

सुर्खेतमा वैशाख १९–२० गते ‘कर्णाली युवा महोत्सव’ आयोजना हुँदै,…

सुर्खेत — “कर्णालीबाट पनि युवाहरूले केही गर्न सक्छन्” भन्ने मूल नारासहित कर्णाली युवा महोत्सवको दोस्रो संस्करण आगामी वैशाख १९ र २०…
चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता…

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास (ECD) केन्द्रमा कार्यरत सहजकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको १० दिने तालिम आज सम्पन्न भएको छ।…
श्री समावेसी सामुदायिक वन उपभोक्ता समूह चौकुने ३ द्वारा बेतान स्वास्थ्य चौकीमा खानेपानी ट्यांकी जडान

श्री समावेसी सामुदायिक वन उपभोक्ता समूह चौकुने ३ द्वारा…

सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–३ स्थित बेतान स्वास्थ्य चौकीमा देखिँदै आएको खानेपानी समस्यालाई समाधान गर्न महत्वपूर्ण पहल गरिएको छ। श्री समावेसी सामुदायिक…

Leave a Reply

Your email address will not be published. Required fields are marked *