• पुस १७, २०८२
  • No Comment
  • 137

प्रहरीले हवाइ फायर गरी नियन्त्रणमा लियाे खैराे हिराेइन काराेबारी

नेपालगञ्ज । नेपालगञ्जमा प्रहरीले हवाइ फायर गरी खैराे हिराेइन काराेबारीलाई नियन्त्रणमा लिएकाे छ । लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जका शाखा प्रमुख एएसआई नवीनकुमार शाहीको नेतृत्वमा खटिएको टोलीले खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ।

मंगलबार लागू औषध ब्राउन सुगर (खैरो हेरोइन) खरीद–बिक्री भइरहेको भन्ने सूचनाका आधारमा टोलीले जिल्ला बाँके, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ०४, गणेशपुर नजिक चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा इलियास अहमद नाम गरेका व्यक्ति भाग्न खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिन प्रयास गरेको थियो। सो क्रममा प्रहरीले ३ राउन्ड हवाई फायर गरी उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिएर जाँच गर्दा इलियास अहमदले लगाएको कालो ज्याकेटको अगाडिको दाहिने खल्तीभित्र लुकाई छिपाई राखिएको अवस्थामा लागू औषध खैरो हेरोइन शुद्ध तौल २८० ग्राम १६० मिलिग्राम फेला परेको थियो।

साथै प्रहरीले डिजिटल तराजु १ थान, हात लगाउने नक १ थान र मोबाइल फोन १ थान समेत बरामद गरेको जनाएको छ।

पक्राउ परेका इलियास अहमदलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको लागू औषध नियन्त्रण ब्युरोले जनाएको छ।

सम्बन्धित खबर

सुर्खेतमा कुलपूजाका लागि अछाम जाँदै गर्दा भीरबाट लडेर एक जनाको मृत्यु

सुर्खेतमा कुलपूजाका लागि अछाम जाँदै गर्दा भीरबाट लडेर एक…

सुर्खेत, असार १४ — सुर्खेतको पञ्चपुरी नगरपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पञ्चपुरी नगरपालिका–९ कुलिबाद निवासी अन्दाजी…
जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ

जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार असार…
‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुरु हुँदै

‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुरु हुँदै

कर्णाली । कर्णाली प्रदेशमा क्रिकेट खेलको विकास र नयाँ प्रतिभाको पहिचान गर्ने उद्देश्यसहित ‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरु हुँदैछ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *