• कार्तिक २४, २०८२
  • No Comment
  • 100

जाजरकाेटकाे कुसे गाउँपालिकाका दुई युवा भारतबाट सम्पर्कविहीन

जाजरकाेट — २४ कात्तिक। जाजरकाेटको कुसे गाउँपालिका–२, टालेगाउँका दुई युवा करिब दुई हप्तादेखि सम्पर्कविहीन भएका छन्।
सम्पर्कविहीन हुनेहरूमा धनबहादुर सिंहका छोरा लगन सिंह (१७ वर्ष) र रामबहादुर शाहीका छोरा तेजेन्द्र शाही (२० वर्ष) रहेका छन्।
परिवारका अनुसार उनीहरूले कात्तिक १२ गते भारतको चण्डीकटबाट फोन गर्दै “नेपाल आउँदैछौँ” भनेका थिए। तर त्यसपछि आजसम्म, २४ कात्तिकसम्म पनि उनीहरूले घरमा सम्पर्क गरेका छैनन्।

परिवारजन अहिले अत्यन्त चिन्तित र आत्तिएका छन्। “प्रत्येक दिन फोनको प्रतीक्षा गर्छौं, तर कुनै खबर छैन,” परिवारका एक सदस्यले भने।
स्थानीयवासीहरूले समेत उनीहरूलाई खोजी कार्यमा सहयोग गरिरहेका छन्। यसबीच, जो कोहीले लगन सिंह र तेजेन्द्र शाहीलाई देख्नुभएको वा उनीहरूबारे जानकारी भएको भए नजिकको प्रहरी कार्यालयमा जानकारी दिन वा तलका नम्बरहरूमा सम्पर्क गर्न परिवारले अनुरोध गरेको छः
📞 ९७४५२१४०९७
📞 ९७४९२६२४०४
परिवारले सबैलाई साझा मानवीय भावनाबाट सहयोग गर्न र यो सूचना सेयर गर्न आग्रह गरेका छन्।
“साना सहयोगले पनि दुई परिवारलाई ठूलो राहत र आशा दिन सक्छ,” परिवारजनले भने।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *