• भदौ ३१, २०८२
  • No Comment
  • 35

सुर्खेतकाे भरीगंगामा मिनि ट्रक र फोर्स गाडी ठोक्किँदा ६ जना घाइते

सुर्खेत। सुर्खेतको भेरीगंगा नगरपालिका–५, एमालेमोड नजिक सुर्खेत–नेपालगञ्ज सडक खण्डमा भएको सवारी दुर्घटनामा ६ जना घाइते भएका छन्।

मंगलबार दिउँसो करिब १:४५ बजे नेपालगञ्जतर्फ जाँदै गरेको क.प्र.०२–००१ ख ०९२२ नं को फोर्स गाडी र विपरीत दिशाबाट आउँदै गरेको भे१ प १६८५ नं को मिनि ट्रक आपसमा ठोक्किँदा दुर्घटना भएको हो। घटनामा फोर्स गाडीका चालकसहित ६ जना घाइते भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरी चौकी बबईका प्रहरी सहायक निरिक्षक हरी बहादुर तिरुवाको कमाण्डमा ट्राफिकसहितको पाँच जनाको टोलीले उद्धारकार्य गरी घाइतेलाई उपचारका लागि कोहलपुर पठाइएको इलाका प्रहरी कार्यालय बबईले जानकारी दिएको छ।

प्रहरीका अनुसार घाइतेहरुको परिचय भने अझै खुल्न बाँकी छ। यस्तै, दुर्घटनामा संलग्न मिनि ट्रक र चालकलाई नियन्त्रणमा लिइएको र सडकमा कुनै अवरोध नभएको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *