- भदौ ३१, २०८२
- No Comment
- 44
यस्तो छ आजको मौसम पूर्वानुमान

भदौ ३०। मौसम पूर्वानुमान महाशाखाले आज देशभर साधारणतया बदली रहने र अधिकांश प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएकाे छ।
महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा हुने देखिएको छ। त्यस्तै, सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बागमती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज राति पनि देशभर साधारणतया बदली रहने अनुमान गरिएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा हुने महाशाखाले जनाएको छ। साथै, कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने संभावना छ।
आगामी २४ घण्टामा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने महाशाखाको अनुमान छ। साथै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
महाशाखाले मनसुन सक्रिय रहने भएकाले अबको एक–दुई दिन वर्षाको प्रभाव जारी रहने उल्लेख गर्दै सर्वसाधारण तथा सरोकारवाला निकायलाई सतर्क रहन आग्रह गरेको छ।