- भदौ ३१, २०८२
- No Comment
- 51
सुर्खेतमा फरार कैदी पक्राउ

सुर्खेत। काठमाडौँको जगन्नाथ देवल कारागार सुन्धाराबाट फरार भएका दुई जना कैदीलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ।
यही भदौ २४ गते कारागारबाट फरार भएका सुर्खेत, लेकवेशी नगरपालिका–१० का २४ वर्षीय शिवलाल घिमिरे र सर्लाही, बागमती नगरपालिका–२ का १९ वर्षीय सागर तामाङलाई प्रहरीले सुर्खेतमा नियन्त्रणमा लिएको हो।
घिमिरे ज्यानसम्बन्धी मुद्दामा कैद सजाय भोगिरहेका थिए भने तामाङ चोरी मुद्दामा कैदी रहेका प्रहरी स्रोतले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेत प्रहरी सहायक निरिक्षक किशोर खत्रीको नेतृत्वमा सादा पोसाकमा खटिएको टोलीले साेमबार बिहान ११:३० बजे वीरेन्द्रनगर नगरपालिका–१३ स्थित झुप्राबाट दुवै जनालाई पक्राउ गरेको हो।
प्रहरीले पक्राउ परेका कैदीहरूलाई थप सजाय कार्यान्वयनका लागि जिल्ला कारागार सुर्खेतमा पठाएको जनाएको छ।