- भदौ ३०, २०८२
- No Comment
- 63
नेपाली बजारमा आज सुनचाँदी दुवैको मूल्यमा वृद्धि भएको छ

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १०० रुपैयाँ बढेर २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य तोलामा २ लाख १५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मूल्य पनि आज तोलामा १० रुपैयाँले बढेर २ हजार ५७५ रुपैयाँ पुगेको छ। आइतबार चाँदीको मूल्य २ हजार ५६५ रुपैयाँमा कायम थियो ।