- भदौ ३०, २०८२
- No Comment
- 73
आजकाे माैसम

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशभर वर्षा हुने अनुमान गरेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले अरब सागर र बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव देशभर परिरहेको महाशाखाले जनाएको छ।
आज दिनभर साधारणतया बदली रहने र देशका पहाडी भू–भागका केही स्थान तथा तराईका केही भागमा मध्यम वर्षा हुने सम्भावना रहेको छ। त्यस्तै गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।
महाशाखाका अनुसार विशेषगरी गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।
आज राति पनि देशभर सामान्यतया बदली रहने अनुमान छ। लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागका धेरै स्थान र तराईका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा कोशी र बागमतीका एक–दुई स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ।
महाशाखाले गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा धेरै भारी वर्षा हुने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।