- भदौ २९, २०८२
- No Comment
- 96
जुगल गाउँपालिका अध्यक्षको चेतावनी : ‘देश जल्दा खुसी हुने भष्मासुर कर्मचारी जागिर छोड्नुस्’

२८ भाद्र। सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोले ‘जेन-जी आन्दोलन’का क्रममा देशका संरचना जल्दा खुसी प्रकट गर्ने कर्मचारीप्रति कडा आपत्ति जनाएका छन्।
सामाजिक सञ्जालमार्फत उनले यस्तो गतिविधि गर्ने कर्मचारी र शिक्षकलाई अब कार्यालयमा हाजिर नहुन चेतावनी दिएका छन्। सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवनजस्ता संरचना जल्दा खुसी व्यक्त गर्ने सरकारी कर्मचारीले जागिर खान लायक नभएको उनले टिप्पणी गरेका छन्।
स्याङ्बोले भने, “देश जलिरहेको बेला खुसी मनाउने कर्मचारी भष्मासुर हुन्। तपाईंहरूलाई राख्न सकिँदैन, आफैंले बुझेर राजीनामा दिनुहोस्।” उनले त्यस्तो गतिविधिको स्क्रीनसट आफ्नो साथमा रहेको दाबीसमेत गरेका छन्।